कांग्रेसले देशलाई कङ्गाल बनाए छाड्यो: देव गुरुङ

कांग्रेसले देशलाई कङ्गाल बनाए छाड्यो: देव गुरुङ

भक्तपुरः नेकपा माओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देव गुरुङले देशलाई कङ्गाल बनाएर कांग्रेसले सत्ता छाडेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले शुक्रबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचनपछि पराजय भोगेको कामचलाउ सरकारले दुरगार्मी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाए ।

गुरुङले राज्यकोषमा पाँच खर्ब भन्दा बढी रकम जम्मा हुने यो समयमा पनि एक खर्ब रकम घाटामा भएको उल्लेख गरे । उनले आइतवारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताए । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने बताउँदै उनले आफूलाई पार्टीले मन्त्री बनाए पाएको जिम्मेवारी पुरा गर्ने दाबी गरे।

गठबन्धनको सरकार दीर्घकालीन नहुने अवस्था देखिएको उनको बुझाई छ । जनादेश समेत पार्टी एकताको पक्षमा रहेको अवस्थालाई मध्यनजर गर्दै केही भ्रामक आवाज उठेपनि पार्टी तत्काल सरकारमा सहभागी हुने उनले बताए ।

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उनले बताए । दलहरुबीच निषेधकोे राजनीतिकले तिब्रता पाएको उनको भनाइ थियो । गुरुङले राष्ट्र र राष्ट्रियताबारे पक्ष–प्रतिपक्ष नभएर वाम गठबन्धन र कांग्रेस एक ठाउँमा उभिने बताए ।

सरकारमा मधेशबादी दल समेत समाबेश हुन सक्ने वातावरण तयार भइरहेको उनले बताए । गुरुङले जनअपेक्षा र समयको माग अनुसार संबिधान संशोधन समेत गर्न सकिने बताए ।

नेपालमा वैदेशिक हस्तक्षेप प्रत्यक्ष नभई आर्थिक हिसाबले तीब्र बढिरहेको संकेत गर्दै उनले विदेशीले सरकारका हरेक निर्णय र नीति आफ्नो पक्षमा पार्न प्रयत्न खोजेकाले अबको सरकार यसबारे गम्भीर हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.