विधान संशाेधन गर्न कांग्रेस संसदीय दलको बैठक

विधान संशाेधन गर्न कांग्रेस संसदीय दलको बैठक

काठमाडौं :   नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिररेको छ । देश संघीय संरचनामा गइसकेपनि कांग्रेसको विधान पुरानै भएकाले विधान संशोधन गर्न संसदीय दलको बैठक शनिबार बसेको हो । विधान संशोधन हुन नसक्दा संसदीय दलको नेता छनौटमासमेत समस्या सिर्जना भएको बताइएको छ ।
संसदीय दलको नेताका सभापति शेरबहादुर देउवालाई महामन्त्री डा। सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चुनौती दिइरहेका छन्। उनीहरु देउवालाई सर्वसम्मत संसदीय दलको नेता हुन नदिने कसरतमा छन्। महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहले पनि संसदीय दल नेताका लागि आफूलाई प्रतिस्पर्धीकारुपमा अघि सारिसकेका छन् ।

यसैबीच कांग्रेसले आगामी आइतबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार संसदीय दलको बैठकलगत्तै आइतबार बिहान ९ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको विज्ञप्तिमार्फत जनाएका छन् ।

पछिल्लो समय कांग्रेसमा संसदीय दलको नेता चयनसम्बन्धमा आन्तरिक कलह चर्कंदा पार्टी कार्यसमिति बैठक बोलाउने निष्कर्षमा पुगेको छ । पार्टीले मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लज्जास्पद हार बेहोरेपछि सभापति शेरबहादुर देउवाको नेतृत्व दबाबमा परेको छ । पार्टीभित्र महासमितिदेखि महाधिवेशनसम्मको चर्को आवाज उठिरहेका बेला सभापति देउवा आफैं संसदीय दलको नेता बन्न हुने नहुने बहस बाक्लिएको छ । संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्ने घोषणा प्रकाशमान सिंहले गरिसकेका छन् । पौडेलका अनुसार आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा संसदीय दलको नेताभन्दा पनि पार्टीको आन्तरिक कुरा नै हुने बताए । संसदीय दलको नेता चयनबारे संसदीय दलको बैठकमा नै छलफल हुने उनले बताए ।

Image may contain: 20 people, indoor

चुनावमा पराजयपछि गत ४ माघमा पहिलोपल्ट बसेको पार्टीको एकदिने केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले आफू सरकारबाट अलग्गिएपछि चुनावको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने प्रतिबद्धता जनाएका थिए । त्यही बैठकले सबै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार नेतालाई निर्वाचनसम्बन्धी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा ती प्रतिवेदनमाथि छलफल हुने उनले बताए । उनले निर्वाचन क्षेत्रका प्रतिवेदन पार्टी कार्यलयमा आउन थालेको जानकारी दिए ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकमा चुनावको समीक्षा गर्दै महासमिति बैठकको मितिसमेत तय गर्ने यसअघि जनाएको थियो । स्वयं सभापति देउवाले आफू सरकारबाट बाहिरिएपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले चुनावको समीक्षा गर्ने र महासमिति बैठकले अघि बढ्ने बाटो तय गर्ने घोषणा गरेका थिए । कांग्रेस नेता शेखर कोइराला, प्रकाशमान सिंह, गगन थापालगायत नेताहरूले सार्वजनिक रूपमै पार्टीमा व्यापक सुधारको खाँचो रहेको भन्दै महासमिति बैठकको माग गरिरहेका छन् ।

गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेललगायत नविन्द्रराज जोशीको समुहले काग्रेस भित्र पुर्नजागरण अभियानको नै घोषणा गरिसकेका छन् । उनीहरूले स्थानीय, प्रदेश तहसम्म विभिन्न समूहसँग अन्तक्रिया गरेर पार्टीको सबै तहमा त्यसलाई सुझावका रूपमा पेस गर्ने बताएका छन् । साथै त्यसरी तयार दस्तावेज महासमिति र महाधिवेशन बैठकमा प्रस्तुत गर्ने घोषणा गरेका छन् ।

कांग्रेस संसदीय दल: शेरबहादुरको विकल्पमा प्रकाशमान कि शशांक ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.