छाया सरकार गठन गर्दै कांग्रेस

छाया सरकार गठन गर्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले सरकारको निगरानीका लागि छाया सरकार गठन गर्ने निर्णय गरेको छ। केन्द्रदेखि स्थानीयतहसम्म इमान्दार प्रतिपक्षको भूमिका इमान्दारितापूर्वक गर्ने बताउँदै कांग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि पत्रकारसँग कुरा गर्दे कांग्रेस सांसद एवम् केन्द्रीय सदस्य गगन थापाले कांग्रेसले छाया सरकार गठन गरेर अगाडि बढ्ने निर्णय गरेको जानकारी दिए। ‘बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको छ!, नेता थापाले भने, ‘छाया सरकारले सरकार र मन्त्रीहरुलाई नजिकबाट निगरानी गर्ने छ।’ कांग्रेसले छाया सरकारमा मन्त्रीसमेत बनाउने निर्णय गरेको छ।

सँगै बैठकले छाया सरकारको अवधारणालाई विधानमा समावेश गर्ने निर्णय गरेको छ। शनिबारको बैठकमा नेता मिनेन्द्र रिजालले पेस गरेको संघीय संसदीय दलको विधान मस्यौतामाथिसमेत छलफल भएको छ।

कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार राष्ट्रियसभा र प्रदेशसभामा दृढताका साथ रचनात्मक प्रतिपक्षको काम गर्ने विषयमा समेत छलफल भएको छ। रचनात्मक प्रतिपक्षका लागि सबै सांसद दृढताका साथ लागिपर्ने खाँडले प्रष्ट पारे।

शनिबारको दलको कार्यालय सिंहदरबारमा भएको संसदीय दलको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा सभापति शेरबहादुर देउवाले गरे। अहिले बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा संसदीय दलको नेता चयनका विषयमा छलफल जारी छ। अधिकांश सांसदले संसदीय दलको नेता सकेसम्म सर्वसम्मतीमा चयन गर्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.