बिना सर्त सरकारमा सहभागी हुन फोरम र राजपालाई आग्रह

बिना सर्त सरकारमा सहभागी हुन फोरम र राजपालाई आग्रह

काठमाडौं : नेकपा एमालेका नेता रघुवीर महासेठले फोरम र राजपा बिना शर्त सरकारमा सहभागी हुनुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले एमाले–माओवादी संविधान संशोधन गर्न तयार रहेकोले फोरम र राजपालाई बिना शर्त तत्काल सरकारमा सहभागी हुन आग्रह गरेका हुन्।

‘फोरम र राजपाले अब सरकारमा आउन ढिलाई गर्नुहुँदैन्’, महासेठले भने, ‘उहाँहरु बिना शर्त सरकारमा सहभागी हुनुपर्छ। समस्या समाधान भएन भने उहाँहरुले सरकार छोड्न सक्नुहुन्छ।’

यद्धपी उनले आफूहरुले फोरम र राजपालाई सरकारमा सहभागी गराउने सन्दर्भमा ‘खाए खा नखाए घिच’ को व्यवहार भने नगरेको स्पष्ट पारे। महासेठले भने,‘हामी त उहाँहरुलाई स–सम्मान सरकारमा ल्याउन चाहन्छौं, यसैको लागि अहिले हामी प्रयासरत छौं, सरकारलाई सहयोग गर्नुहोस्, आउनुहोस् मिलेर देश बनाऔं भन्ने हाम्रो आग्रह छ।’

पूर्वमन्त्री समेत रहेका नेता महासेठले आफूहरु देश र जनताको हितमा संविधान संशोधन गर्न तयार रहेको विश्वास दिलाए। उनले भने,‘यदि साँच्चिकै संघीय समाजवादी फोरम र राजपाले भनेजस्तो संविधानमा समस्या छ भने उहाँहरु त्यसको लागि पहिले सरकारमा त आउनुपर्यो, हामी पनि संशोधन गर्नुपर्छ भन्ने पक्षमा छौं।’

उनले उपेन्द्र यादव नेतृत्वको संघीय फोरम सरकारमा आउने विषयमा आफू सकारात्मक रहेको पनि सुनाए। ‘नयाँ नेपाल बनाउन एमाले र माओवादी केन्द्रका नेतृत्वमा करिब दुई तिहाईको सरकार छ, तर यसमा उहाँहरुको पनि योगदान होस् भन्ने हाम्रो चाहना छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.