संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन : झा

संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन : झा

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘संविधान संशोधन भयो भनेमात्रै हामी सरकारमा जानेबारे सोच्न सक्छौं, अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’

हिजोको दिनमा संविधान संशोधन हुँदा संशोधन गर्नै हुँदैन भनेर क्रान्तिकारी भाषण गर्ने र दुई तिहाई पुर्याउन नदिने दल नेकपा एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै झाले भने,‘हामी त संशोधनको पक्षधर हौं । तर, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि इच्छुक हुनुहुन्छ कि हुनुहुन्न ? यो प्रष्ट हुनुपर्छ ।’

झाले एमाले–माओवादीसहित राजपा र फोरम पनि मिल्यो भने संशोधनको लागि प्रचण्डभन्दा प्रचण्ड बहुमत पुग्ने र संविधान संशोधन रातारात हुने अर्थात् तुरुन्त हुने विश्वास दिलाए । उनले संशोधन नगरी आफूहरु सरकारमा नजाने अडान दोहोर्याए ।

‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, अहिले हामीले सरकारमा जानेबारे सोचेको पनि छैन, सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन् ? तपाई पत्रकारले के भन्नुहुन्छ ?’, झाले भने, ‘हामी संशोधन पक्षधर भएकोले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन।’

नेता झाले विगतको एमालेको संशोधनप्रति निर्दयी रहेको उनको गुनासा गरे । ‘हिजो संविधान सशोधन प्रस्ताव टेबुल हुँदा एमाले कडा र क्रान्तिकारी रुपमा प्रस्तुत भएको थियो, हामी दुई तिहाई कुनै हालतमा पुर्याउन दिन्नौं भनेर लागेकै हो नि, त्यही भएर संशोधन पास भएन्’, उनले भने, ‘त्यसैले यथास्थितिमा हामीले उहाँहरुसँग सरकारमा सहकार्य गर्ने कुनै सम्भावना छैन।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.