शिक्षाले बेरोजगार पैदा गर्‍यो : प्रचण्ड

शिक्षाले बेरोजगार पैदा गर्‍यो : प्रचण्ड

भरतपुर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालको सामुदायिक शिक्षाको स्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले शिक्षा बेरोजगार पैदा गर्ने जस्तो भएको बताएका छन्। नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै प्रचण्डले शिक्षामा नीजिकरणलाई कम गर्दै लैजाने र सामुदायिक शिक्षाको स्तर बढाउन चानचुने प्रयासले नपुग्ने बताए।

शिक्षा प्रणाली उत्पादनमुखी, रोजगारी बढाउने र समुदायको हितमा हुनुपर्ने बताउँदै प्रचण्डले अहिलेको शिक्षाले शिक्षित बेरोजगार उत्पादन गरिरहेकोमा चिन्ता व्यक्त गरे। ‘हाम्रो शिक्षा बेरोजगार पैदा गर्ने जस्तो भयो। एमए, पीचडी गरेका समेत कामको खोजिमा विदेशिन बाध्य छन्’, प्रचण्डले भने, ‘रोजगारी र उत्पादनमूलक समुदायको हितका लागि शिक्षा भएन भने हामीले भनेको समृद्धि र विकास असम्भव छ।’

अध्यक्ष प्रचण्डले शिक्षामा लगानी बढाउन आवश्यक पहल गरिनेसमेत बताए। ‘कतिपय देशमा राज्यले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गरेको हुन्छ’, प्रचण्डले भने, ‘दुखको कुरा, हामीकहाँ यो घट्दै गइरहेको छ। अब टालटुले मात्रात्मक सुधारले सम्भव छैन। दृढतापूर्वक गुणात्मक परिवर्तनका लागि राज्यले पहल गर्नु जरुरी छ।’

अध्यक्ष प्रचण्डले आफैंले अध्ययन र अध्यापन गरेको उक्त विद्यालयमा सिभिल इन्जिनियरिङको पढाईका लागिसमेत पहल गर्ने बताएका छन्। २०२१ सालमा स्थापना भएको विद्यालयको भौतिक विकासको निम्ति प्रचण्डले गत वर्ष २४ लाख विनियोजन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.