नयाँ शक्तिको विज्ञप्तिमा दुई बुद्धवाणी, पाँच संकल्प

नयाँ शक्तिको विज्ञप्तिमा दुई बुद्धवाणी, पाँच संकल्प


काठमाडौं : नयाँ शक्ति, नेपालको चौथो संघीय परिषद बैठक सम्पन्न भएको छ। फागुन ९ गतेदेखि सुरु भएको बैठक शनिबार सम्पन्न भएको हो। विभिन्न निर्णय गर्दै सम्पन्न भएको नयाँ शक्तिको बैठकले ‘लुम्बिनी-संकल्प-२०७४’ सार्वजनिक गरेको छ।

लुम्बिनी संकल्पमा नयाँ शक्तिले आज भन्दा २५ सय वर्ष अगाडि गौतम बुद्धले भनेका वाणीलाई प्राथमिकता साथ राखेको छ। संकल्पको सुरुमै नयाँ शक्तिले पहिलो बुद्धवाणी समेटेको छ। ‘आज भन्दा करिब २५ सय वर्ष अगाडि गौतम बुद्धले भन्नु भएको थियो, दुःख छ। दुःखको कारण छ। दुःखको निवारण छ। ज्ञान, शील र समाधिको अष्टमार्गबाट दुःखको निराकरण गर्न सकिन्छ।’
त्यस्तै संकल्पको अन्तिममा दोस्रो बुद्धवाणी समेटेको छ। ‘बुद्ध यो पनि भन्नु हुन्थ्यो, एउटा बलेको दियोेले हजारौँ दीपहरु जलाउन सकिन्छ।’

नयाँ शक्तिले यी दुई बुद्ध वाणी उल्लेख गर्दै संकल्पमा बुद्ध जन्मभूमिबाट नयाँ शक्ति नेपाल निर्माणको उद्घोष गरेको उल्लेख गरेको छ। नयाँ शक्तिले पहिलो बुद्धवाणीसँग जोड्दै भनेको छ, ‘देशमा समस्या छ। समस्याको कारण छ। समस्याको निवारण छ। ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ।’

दोस्रो, ‘पार्टीका प्रत्येक अभियन्ता आफैमा बलेका एक दियो हुन्। हजारौं नयाँ दीपहरु जलाउने छौं। नेपाली जनताको मुहारमा आज जुन अध्याँरो छ समावेसी लोकतन्त्र, सुशासन र संमृद्धिको उज्यालोले आलोकित गरिछाड्ने छौं।’


बुद्धभूमि लुम्बिनीबाट नयाँ शिक्तले गरेका पाँच संकल्प
-नेपाली जनताको सुख, समृद्धि र खुशी बाहेक हाम्रो अर्को कुनै राजनीतिक स्वार्थ छैन। राजनीति हाम्रा लागि मानवताको सेवा गर्ने माध्यम हो, पेशा व्यवसाय हैन्। सत्ता, शक्ति, पैसा, पद र व्यक्तिगत प्रतिष्ठाको छुद्र स्वार्थपूर्तिको माध्यम राजनीतिलाई कहिल्यै बनाउने छैनौं।

-नयाँ शक्ति पार्टीका स्थापनाकालीन उद्देश्यहरु हामी कहिल्यै भुल्ने छैनौं। स्वाधीन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने लक्ष्य नै हाम्रो राजनीतिक जीवनको मुख्य लक्ष्य हुनेछ।

-नेपाल समृद्धीकरण को नयाँ चरणमा प्रवेश गरेको छ। नयाँ शक्ति पार्टी, नेपाल समृद्धीकरणको नयाँ चरणको नेतृत्व गर्न बनेको पार्टी हो। नयाँ युगको नयाँ आवश्यकतालाई पूरा गर्न हामी आफै “नव मानव” बन्ने छौं। हाम्रो पार्टी नयाँ युगको नेतृत्व गर्ने नयाँ सोच, शैली, ढाँचाको पार्टी हुनेछ। यस्तो पार्टी निर्माण गर्न आवश्यक पर्ने जस्तोसुकै त्याग, योगदान र वलिदान गर्न सदैव तत्पर रहनेछौं।

-हामी न कहिल्यै भ्रष्टाचार गर्नेछौं - न अरु कसैले गरेको भ्रष्टाचार सहने छौँ। हाम्रो सार्वजनिक पार्टीगत तथा व्यक्तिगत जीवन सधैं स्वच्छ, सदाचारयुक्त नैतिक र पारदर्शी हुनेछ। गौतम बुद्धको ‘सम्यक जीविका’ उपदेशले हामीलाई सधैं अनुप्रेरित गर्नेछ। हामी सधै उद्यमशील बन्ने प्रयत्न गर्नेछौँ।

-हाम्रो दृढ विश्वास छ कि पूँजीवाद कि साम्यवाद भन्ने विसौँ शताब्दीको वैचारिक ध्रुवीकरणको चरण अन्त्य भैसकेको छ। ‘समावेसी तथा सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’ मा आधारित तेस्रो वैचारिक-राजनीतिक ध्रुव को निर्माण नै यतिखेरको ‘सम्यक दृष्टि, सम्यक संकल्प’ हो। तसर्थ हामी “काँग्रेस” वा “कम्युनिष्ट” नामधारी परम्परावादी दलहरुले छर्ने कुनै भ्रममा पर्ने छैनौं। नयाँ युगको आवश्यकता पुराना शक्तिहरुबाट पूरा हुन सक्दैन भन्ने कुरामा हामी दृढ छौँ। ती दुवै धारभन्दा अग्रगामी ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्न कुनै कसर बाँकी राख्ने छैनौं।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.