कुन-कुन कम्पनी परे लालबाबुको कारबाहीमा ?

कुन-कुन कम्पनी परे लालबाबुको कारबाहीमा ?

काठमाडौं : जब लालबाबु पण्डित मन्त्री हुन्छन् तब जनताले थाहा पाउनेगरी काम गरिहाल्छन् । उनी मन्त्री हुँदा कार्याकर्ता मात्र होइन, आम जनता खुशी हुन्छन् ।

त्यसैले त एमाले नेता लालबाबु ‘जनताका नेता’ बन्दै छन् । यसअघि सामान्य प्रशासनमन्त्री हुँदा तहल्का मच्चाएका लालबाबुले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हाले लगत्तै महत्वपूर्ण ‘एक्सन’ लिने घोषणा गरेपछि उनको चर्चा सुरु भएको छ ।

आइतबार मन्त्री पण्डितले वातावरणीय मूल्यांकन नगर्ने ठूला होटल, अस्पताल र उद्योगमाथि कारबाही सुरु गरेका छन् । नियम मिचेर पूर्वाधार बनाएर सञ्चालन भइरहेका सोल्टी, सिटी, द्ववारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारबाही सुरु गरेका छन्।

छिट्टै मापदण्ड पूरा गर्न निर्देशन दिँदै पण्डितले वातावरणीय मूल्यांकन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गर्ने होटललाई एकएक लाख रुपैयाँ जरिवाना तिराएको स्वकीय सचिव ओसिम आलामले जानकारी दिए ।

पढ्नुहोस्ः एक्सनमा लालबाबु

होटलसँगै मन्त्री पण्डितको निशानामा सिमेन्ट उद्योगसमेत परेका छन् । अरनिको आबु सिमेन्ट उद्योगलाई ५० हजार जरिवाना तिराएका छन् । सँगै अस्पताल समेत पण्डितको कारबाहीमा परेका छन् ।

लालबाबुको निशानामा कुन-कुन कम्पनी  ?


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.