राजनीतिक मस्यौदा लेखनमा वाम कार्यदल

राजनीतिक मस्यौदा लेखनमा वाम कार्यदल

काठमाडौं : दुई वाम पार्टीको एकीकृत र अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले औपचारिक रूपमा काम सुरु गरेको छ। कार्यदलको आइतबार बसेको बैठकले एमालेले अँगाल्दै आएको जबज र माओवादी केन्द्रले अँगाल्दै आएको माओवादको सिद्धान्तमा सहमत भएका विषयहरू बुँदागत रूपमै टिपेर संयुक्त मस्यौदा तयार गर्न चार सदस्यीय समितिसमेत गठन गरेको छ। मस्यौदा तयार गर्न नेताहरू नारायणकाजी श्रेष्ठ, भीम रावल, प्रदीप ज्ञवाली रहेको समिति गठन गरिएको हो।

एमाले नेता रघुजी पन्तका अनुसार समितिले दुवै पार्टीका सिद्धान्तहरू अध्ययन गरी प्रारम्भिक मस्यौदा तयार गर्नेछ। फागुन १७ गते बस्ने कार्यदलको अर्का बैठकमा समिति सदस्यले उक्त मस्यौदा पेस गर्ने छन्। सहमति भएका बुँदाहरू प्रतिवेदनमा समावेश गर्दै जाने र सहमति हुन नसकेका बुदाँहरू छलफलका लागि नेतृत्वमा लगेर टुंगो लगाइने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए।

७ फागुनमा दुई पार्टीले पार्टी एकतामा सहमत हुँदै अन्तरिम विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी सञ्चालन गर्ने नीति बनाउँदै दुई छुट्टाछुट्टै कार्यदल गठन गरेका थिए। वाम एकताका लागि भएको सहमतिपत्रको बुँदा ४ मा एमालेले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अपनाउँदै आएको ‘माओवाद र एक्काइसौं शताब्दीमा जनवाद’ सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने उल्लेख छ।

सोही प्रयोजनका लागि नेता माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। नेताहरू भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल कार्यदलको सदस्य छन्। कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गरिसक्नुपर्ने कार्यादेश छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.