मन्त्रीहरुको सूची ओली र प्रचण्डको गोजीमा !

मन्त्रीहरुको सूची ओली र प्रचण्डको गोजीमा !

काठमाडौँः आकांक्षीहरुको संख्या दोब्बर भन्दा धेरै भएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शीर्ष नेतृत्वले मन्त्रीहरुको सूची अन्तिम समयमा पनि सार्वजनिक गर्न सकेको छैन ।

१० जना मन्त्रीको कोटा लिएको नेकपा एमालेमा मन्त्रीका आकांक्षी २५ जना भन्दा धेरै भएपछि अध्यक्ष केपी शर्मा ओली दबाबमा परेका छन् । एउटै प्रदेशबाट कम्तिमा पनि ३ देखि ५ जनासम्म सांसदहरु मन्त्रीका लागि चर्को लविङमा लागेपछि प्रधानमन्त्री समेत रहेका ओली दबाबमा परेका हुन् ।

स्पष्ट दुई गुट हावी रहेको एमालेमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु मन्त्रीका लागि लविङमा छन् । प्रम ओलीमाथि आफ्नो पक्षका तथा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमनिकट सांसदहरुलाई पनि मन्त्री बनाउनुपर्ने दबाब छ ।

गुटको सन्तुलन पनि मिलाउनुपर्ने भएकाले मन्त्रीको सपथ खुवाउनु २ घण्टाअघिसम्म पनि ओलीले मन्त्रीको सूची सार्वजनिक गरेका छैनन् । ‘मन्त्री बन्ने चर्चामा धेरैजना नेताको नाम सुनेका छौँ तर अन्तिम सूचीमा कोको परे थाहा छैन’, एमालेका एकजना पोलिटब्युरो सदस्यले भने, ‘आकांक्षीहरु धेरै भएका कारण अध्यक्ष ओली तथा अन्य नेताहरु दबाबमा छन्, त्यहीकारण पनि सूची सार्वजनिक गर्न नसकिएको हुन सक्छ ।’

मन्त्री हुनेहरुको सुची सार्वजनिक नगरिएपछि यसअघि लालबाबु पण्डितलाई जस्तै यो पटक पनि धेरै सांसदलाई ओलीले ‘सरप्राइज’ दिएर मन्त्री बनाउने एमालेका अर्का नेता बताउँछन् ।

को को छन् चर्चामा ?

एमालेबाट महासचिव इश्वर पोखरेल अर्थमन्त्री बन्ने चर्चा छ । तर, यही मन्त्रालयलाई लिएर एमालेमा सबैभन्दा ठुलो विवाद भएको छ । अर्थमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले लविङ गरिरहेका छन् ।

उता नेपाल राष्ट्र बैंकका पूर्वगभरनर डा।युवराज खतिवडा पनि अर्थको लविङमा छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता पाण्डेलाई अर्थमन्त्री बनाउन ओलीलाई सुझाव दिएका छन् । तर ओली भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका खतिवडालाई अर्थमन्त्री बनाउने पक्षमा छन् । ओलीले खतिवडापछि एमालेमा बौद्धिक नेताका रुपमा परिचित ज्ञवालीलाई अर्थमन्त्री बनाउने मुडमा छन् ।
पोखरेलले अर्थमन्त्रीका लागि तीब्र लविङ गरिरहे पनि ओलीले भने उनलाई अर्थमा नलाने मुडसहित उनलाई कन्भिन्स गर्न आफ्ना प्रमुख सल्लाहकार विष्णु रिमाललाई आइतवार उनको निवासमै पठाएको समाचार पनि सार्वजनिक भएको छ ।

स्रोतका अनुसार सोमबार अपरान्ह ४ बजे ओली सरकारमा महासचिव पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारीले मन्त्रीको सपथ लिने स्रोतले जनाएको छ ।

त्यसैगरी रघुवीर महासेठ, एमालेको चुनाव चिन्ह लिएर चुनाव जितेका हृदयश त्रिपाठी र कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई पराजित गरेका नारदमुनि राना पनि मन्त्री बन्ने लाइनमा छन् । त्यस्तै डोटीका सांसद प्रेम आले पनि यो लाइनमा छन् ।

एमालेबाट मन्त्रीको छबिलाल विश्वकर्मा, सुरेन्द्र पाण्डे, यज्ञराज सुनुवार, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ र धनकुटाका राजेन्द राई पनि मन्त्री बन्ने चर्चा छन् । चर्चामा रहेकामध्ये ओलीले मन्त्रीको अन्तिम सूचीमा कसलाई राख्छन्, धेरैलाई सरप्राइज नै हुनेछ ।

माओवादीमा पनि लफडा

उता नेकपा माओवादी केन्द्रमा पनि मन्त्रीका आकांक्षी २० भन्दा धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनावमा छन् । रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा माओवादीबाट नेतृत्व गर्ने पक्का भइसकेको छ।

बादलसँगै मन्त्री बन्ने सातजनाको चर्चमा मातृका यादव, जनार्दन शर्मा, बर्षमान पुन, गिरिराजमणि पोखरेल र बीना मगरको नाम अग्रपंक्तिमा छ । त्यसैगरी अमनलाल मोदी, सुरेश राई र सुदन किरातीको नाम पनि चर्चामा छ ।

माओवादीबाट रामबहादुर थापा बादल गृहमन्त्री बन्ने पक्का पक्की छ । माओवादीबाट मन्त्री बन्नेहरुलाई पनि आझै सपथ खुवाउने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.