अन्ततः बादल गृहमन्त्री, ओली सरकारमा थपिए चार मन्त्री

अन्ततः बादल गृहमन्त्री, ओली सरकारमा थपिए चार मन्त्री

काठमाडौँः नेकपा माओवादी केन्द्रबाट नेता रामबहादुर थापा बादलले ओली सरकारको नेतृत्व गर्ने भएका छन् । नेता बादलले गृहमन्त्रीसहित ओली सरकारमा माओवादीको नेतृत्व गरेका छन् ।

गृहमन्त्रीका लागि अर्का नेता बर्षमान पुनले चर्को लविङ गरे पनि बादल नै गृहमा जाने पक्का भएको हो । गृहका लागि बादल, पुन र जनार्दन शर्माले पार्टीमा तीब्र लविङ गरेका थिए ।

माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने मन्त्रीको सुची बुझाइसकेका छन् ।

जसअनुसार ओली सरकारमा माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, बर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मातृका यादव र बिना मगर मन्त्री बनेका हुन् ।

तर यो पटक पनि ओली मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ । माओवादीबाट केही र एमालेबाट केही मन्त्रीले मात्रै सपथ लिएका छन् ।

संघीय समाजवादी फोरम पनि सरकारमा जान सहमत भएपछि परराष्ट्रसहितका केही मन्त्रालय खाली राखेर आज एमाले र माओवादीबाट मन्त्री हुनेहरुलाई सपथ खुवाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.