फोरम पनि सरकारमा जाने, उपेन्द्र यादव परराष्ट्रमन्त्री

फोरम पनि सरकारमा जाने, उपेन्द्र यादव परराष्ट्रमन्त्री

काठमाडौँः संघीय समाजवादी फोरम नेपाल पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएको छ ।  सरकारमा जानका लागि फोरम अध्यक्ष उपेन्द्र यादवसँग एमाले र माओवादीका शीर्ष नेताले प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा वार्ता गरेका थिए । त्यो वार्तामा फोरमले सरकारमा जान सहमति जनाएको थियो ।

त्यो वार्तामा ‘संविधान संशोधन प्रक्रिया आपसी सहमतिमा टुंग्याउने’ सहमति दुई पक्षबीच भएको थियो । फोरमले सरकारमा जानका लागि दुई मन्त्रालय मागेको छ । अध्यक्ष यादवले परराष्ट्र मन्त्रालय सम्हाल्दैछन् ।

ओली नेतृत्वको सरकारमा जानका लागि सोमबार दिउँसो फोरम नेपालको पदाधिकारीको बैठक तीनकुनेस्थित कार्यालयमा बसेको छ । सरकारमा जाने पक्का भइसके पनि सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग गरिने सम्झौताबारेमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

‘फोरम अध्यक्ष यादव सरकारमा जानुहुनेभएको छ, उहाँले परराष्ट्र मन्त्रालय सम्हाल्ने निश्चित जस्तै छ’, फोरमका एक नेताले भने, ‘तर, सरकारसँग सम्झौतामा हस्ताक्षर गरेपछि मात्रै सरकारमा जान्छौँ, त्यो अर्को चरणमा हुन्छ ।’

फोरमलाई सरकारमा ल्याउन ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले पहल गरेका थिए । दुईतिहाइ बहुमतको सरकार बनाउने उद्धेश्यका साथ फोरमलाई सरकारमा ल्याउन लागिएको हो ।

फोरम सरकारमा आएपछि एमाले–माओवादीबीच भएको मन्त्रालयको भागवण्डामा पनि तलमाथि हुने भएको छ । दुई दलले लिएका मन्त्रालय र तिनको संख्यामा पनि तलमाथि हुने भएको छ । फोरम सरकारमा जाने भएसँगै ओली मन्त्रिपरिषद् पनि सोमबार पूर्ण विस्तार नुहने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.