ईश्वर पोखरेल रक्षामन्त्री
काठमार्डौ : एमालेका महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रालयको जिम्मेदवारी पाएका छन्। अर्थमन्त्रीको ‘लविङ’ गरिरहेका पोखरेललाई रक्षामन्त्री बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थशास्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि पोखरेललाई रक्षाको जिम्मेवारी दिएका हुन् । अर्थमा पोखरेल, खतिवडा, उपमहासचिव बिष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको तिब्र लविङ गरेको थियो ।
प्रधानमन्त्री ओलीले एमालेबाट पोखरेललाई रक्षा र डा. खतिवडालाई अर्थ तथा माओवादी नेता रामबहादुर थापा‘बादल’लाई गृह र मातृका यादवलाई उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रादयको जिम्मेदवारी सहित मन्त्रिपरिषदको बिस्तार गरेका छन् । चारै जनाको सोमबार सपथ ग्रहण गरिएको छ ।