थपिए केपी ओली सरकारका चार नयाँ सारथी
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डलमा चार नयाँ सदस्य थपेका छन् । ओलीले नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट २ जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्रीको नियुक्ति लिनेहरुमा नेकपा एमालेबाट ईश्वर पोखरेल र डा. युवराज खतिवडा छन् । त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृकाप्रसाद यादव रहेका छन् ।
ओलीले मन्त्रिपरिषद्को दोस्रो बरियतामा राख्दै पोखरेललाई रक्षामन्त्री बनाएका छन् । त्यसैगरी अर्थमन्त्रालयको जिम्मेवारी डा. खतिवडालाई सुम्पेका छन् ।
ओलीले माओवादी केन्द्रबाट रामबहादुर थापा बादललाई गृहमन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसैगरी नेता यादवले उद्योग मन्त्रलायको जिम्मेवारी पाएका छन् ।
चारै नयाँ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीत्तल निवास महाराजगञ्जमा पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।