महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ

महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले बुधबार लन्च मिटिङ बोलाएका छन् । फागुन २१ गते हुन लागेको नेपाली का‌ंग्रेस संसदीय दलको निर्वाचन लक्षित गरेर उनले बैठक बोलाएका हुन् । रामचन्द्र पौडेल पक्षधर मानिएका कोइराला सर्वसम्मत संसदीय दलको नेता बन्ने लबिङमा लागेका छन् । उनले पार्टीका सबै तहका नेता कार्यकर्तालार्इ बैठकमा बोलाएका छन् । 

संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते चार बजे निर्वाचन गर्ने तयारी सुरु भएकाे छ । संसदीय दलको नेता बन्न सभापित शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिष्पर्धामा उत्रिएका छन् । कोइराला भने चुनाव लड्ने मुडमा छैनन् तर सर्वसम्मत आफू संसदीय दलको नेता बन्ने होडमा लागेका छन् । चुनाव हुने भए उनले सिंहकाे पक्षमा लबिङ गर्ने बताइएकाे छ । 

संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने कार्यतालिका रहेकाे छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.