शेरधनमाथि बम प्रकरण: पूर्वमन्त्री राईलाई मुद्दा चलाउन भोजपुर ल्याइयो

शेरधनमाथि बम प्रकरण: पूर्वमन्त्री राईलाई मुद्दा चलाउन भोजपुर ल्याइयो

भोजपुर: प्रदेश सभाका तत्कालिन उम्मेदवार शेरधन राईमाथि बम आक्रमण गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री पदम राईलाई प्रहरीले पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइएको छ ।

उनलाई प्रदेश नम्बर १ मा हाल मुख्मन्त्री रहेका राईमाथि चुनावी प्रचारपसारको क्रममा गत मंसिर ४ गते ट्याम्के-मैयुङ गाउँपालिकास्थित गुम्बामा बम आक्रमण गरेको आरोपमा गत फागुन १३ गते मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको थियो ।

नेता राईलाई त्यही प्रकरणमा मुद्दा चलाउन भोजपुर ल्याइएको हो । पक्राउ परेका राईलाई मुद्दाको फैसलाका लागि जिल्ला अदालत भोजपुरमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक खेम नेपालले बताए ।

राई भोजपुरका पुराना माओवादी नेता हुन्। उनी आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । त्यहीबेला उनी २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर १ बाट सभासद भएका थिए । राई माओवादीनिकट किरात राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.