गृहमन्त्री ‘बादल’ले प्रहरी मुख्यालय पुगेर के-के भने ?

गृहमन्त्री ‘बादल’ले प्रहरी मुख्यालय पुगेर के-के भने ?

काठमाडौं : सोमबार गृहमन्त्रीको शपथ ग्रहण गरेका रामबहादुर थापा ‘बादल’ले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। मुख्यालयमा उपस्थित प्रहरी कर्मचारीलाई गृहमन्त्री बादलले निर्देशन समेत दिएका छन्।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टर, डिजिटल फरेन्सिक ल्याव र पोलिग्राफ सेक्सनको निरीक्षण गरेका छन्। कमाण्ड सेन्टरमा भिडियो कन्फेरेन्सबाट प्रदेश प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम राख्ने सम्बन्धमा आवश्यक निर्देशन दिँदै प्रदेश प्रहरीका समस्या समाधान गर्ने बताएका छन्।

गृहसचिव मोहनकृष्ण सापकोटाका साथ प्रहरी मुख्यालयमा पुगेका बादलले प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत, प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकको विकास र समृद्धिका लागि अपराध अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहने हुनाले प्रहरीले नयाँ कार्यशैलीका साथ काम गर्नुपर्ने बताए।

प्रहरी ऐन परिवर्तन गर्ने
गृहमन्त्री थापाले समय अनुसार प्रहरी ऐन परिवर्तन गर्नुपर्ने बताएका छन्। प्रदेश प्रहरी ऐन तथा क्षेत्राधिकारका साथै पदोन्नती, साधन स्रोतको अभावलगायतका समस्या रहेको चर्चा गर्दै गृहमन्त्री थापाले प्रहरीमा नयाँ ऐनको व्यवस्था, भौतिक साधनस्रोत सम्पन्न बनाउनेतर्फ ठोस योजनासहित मन्त्रालयले काम गर्ने बताए।

नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने उल्लेख गर्दै गृहमन्त्री थापाले यसका लागि नयाँ योजना र नयाँ संरचनाको विकासकासाथ अगाडि बढनुपर्ने बताए।। इतिहासले दिएको नयाँ चुनौतीमाथि सफलता हासिल गर्न सबैको साथ, सहयोग र समन्वय आवश्यक रहने विश्वास थापाले लिएका छन्। निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री थापाले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरे।


समारोहमा धन्यबाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशन सम्बोधन नेपाल प्रहरीका लागि आगामी दिनमा गन्तव्य पहिल्याउन रोडम्यापको रुपमा रहने विश्वास व्यक्त गरे।

एकात्मकबाट संघीय राज्य प्रणालीमा प्रवेश गर्ने अवसर नेपाल प्रहरीको परिप्रेक्ष्यमा नितान्त नौलो र अनुभवरहित रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक अर्यालले मन्त्रालयबाट नीतिगत स्पष्टतासहितको सहजीकरण भएमा संघीयतातर्फ सहज अवतरण गर्न सकिने विश्वास व्यक्त गरे। राज्य प्रणालीमा हुने परिवर्तनसँगै प्रहरी कर्मचारीको संख्या र मौजुदा साधन स्रोतमा पुनरावलोकन हुनुपर्नेमा उनको छोड थियो।

संघ र प्रदेशका प्रहरी कार्यक्षेत्र स्पष्ट र सरल विभाजनको लागि संघीय प्रहरी ऐन यथाशीघ्र जारी हुनु आवश्यक रहेको बताउदै अर्यालले नेपाल प्रहरीको व्यावसायिकता अभिवृद्धि र स्रोतसाधन व्यवस्थापनमा मन्त्रालयको उल्लेख्य भूमिका रहने विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.