विप्लव पार्टीको कडा विज्ञप्ति : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’

विप्लव पार्टीको कडा विज्ञप्ति : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो।

विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिइएको छ। ‘ओली सरकारले ‘चोरलाई चौतारा र साधुलाई सुली’ गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीलाई अहिले संचालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्ने छ। सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ’, विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौं जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताविरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ।’

भोजपुर जिल्ला अदालतले पुस ९ गते गिरफ्तार गर्न दिएको आदेश अनुसार प्रहरीले पार्टी महासचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति विज्ञप्तिमा कडा शब्दमा निन्दा गरिएको छ। पक्राउ पुर्जी विप्लवका दाजु चन्द्रबहादुर चन्दको घरमा टाँसिएको र हाजिर नभए अंश रोक्का र कब्जा गरिने चेतावनी दिइएको भन्दै विज्ञप्तिमा चर्को आक्रोश व्यक्त गरिएको छ। प्रहरी प्रशासनले विस्फोटक पदार्थको मुद्दाको नाममा पक्राउ पुर्जी टाँस्ने हर्कत गरेको भन्दै विप्लवको पार्टीले त्यसको निन्दा गरेको छ। प्रकाण्डले सार्वजनिक गरेको विज्ञप्तिमा यो सबै झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनीतिक चरित्र हत्या गर्ने प्रपञ्च भएको उल्लेख छ। यस्तो प्रक्रियालाई तत्काल रोक्न अदालत, प्रहरी प्रशासन र सरकारलाई कडा चेतावनी समेत दिइएको छ।

‘आफ्नो विद्यार्थी जीवनदेखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनीतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पुर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो झुट,  निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ।’

‘विप्लव’ खोज्दै प्रहरी : गृहमन्त्री ‘बादल’ले के गर्लान ?

प्रेस विज्ञप्ति

१) हाम्रो पार्टीका महासचिव क.विप्लवको नाममा केपी ओली सरकारको भोजपुर जिल्ला अदालतले भोजपुर जिल्ला प्रहरी कार्यालयको जाहेरी प्रतिवेदनको हवाला दिदै विस्फोटक पदार्थ सम्बन्धी अभियोगमा ०७४ पौष ९ गते गिरप्तार गर्न जारी गरेको वारेन्ट कपिलवस्तु जिल्ला शिवपुरी उहाँको दाजु चन्द्र बहादुर चन्दको घरमा टाँसिएको छ । हाजिर नभए अंश रोक्का र कब्जा गरिने कथित कानुनी धम्की पनि दिइएको छ । यस प्रकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको हाम्रो पार्टी पुरै खारेज गर्दछ । आफ्नो विद्यार्थी जीवनदेखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनैतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।

२) ००७ सालको राणा विरुद्धको आन्दोलनदेखि अहिले हामीले अगाडि बढाईराखेको एकीकृत जनक्रान्तिसम्म जहिले पनि क्रान्ति एवं आन्दोलनरत जनता र त्यसको नेतृत्व गरिराखेको पार्टी, नेता र कार्यकर्ता विरुद्ध झुट्टा मुद्दा लाउने, सम्पति हड्प्ने, राजद्रोही एवं हतियार खरखजनाको झुटा मुद्दा लगाउने, फाँसीवादी दमन गर्ने, हत्या गर्ने, गाउँका गाउँ जलाउने, अमानवीय यातना दिने, बेपत्ता पार्ने, महिलालाई बलात्कार गर्ने, आतंककारी घोषणा गर्ने, सिआईडी सुराकी गर्ने र राज्यद्वारा फाँसीवादी दमन गर्ने शासक वर्गको दृष्टिकोण र रबैया रहदै आयो । त्यसको निकृष्ट उदाहरण १० वर्षको जनयुद्धका विरुद्ध नेपाली काँग्रेस र एमालेको नेतृत्वमा बनेका सरकारहरुले गरेकोे जंगली दमन हो । जनयुुद्धको बेला जनयुद्धले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउछ भन्ने राजनैतिक सोच काँग्रेस, एमालेका नेताले बनाउनै सकेनन बरु माओवादी र जनयुद्धलाई कसरी सिध्याउने भन्ने रणनीति तयार गर्न हात धोएर लागे । अहिले जस्तो देउवा प्रचण्ड गठबन्धनको प्रचण्ड सरकार बन्ला वा एमाले माके गठबन्धन बनेर प्रचण्डसंग पार्टी एकता गर्नु पर्ला भन्ने देउवा र ओलीको कल्पना भन्दा बाहिरको कुरा थियो । अहिले ओली प्रचण्ड गठबन्धन सरकार इतिहास र जनयुद्धका शासक वर्गलाई मात गर्ने गरी हाम्रो पार्टी र एकिकृत जनक्रान्तिका विरुद्ध निरंकुश, फाँसिष्ट र जंगली दमनको प्रारंभिक अभ्यास गर्दैछ । केही समय अगाडि अनलाईनखबरले “विप्लव राजनैतिक कि अराजनैतिक ?” सरकारले यो कुरा छिटै स्पष्ट गर्नु पर्छ भनि लेखेको विश्लेषणात्मक समाचारको पनि ओली सरकारले स्पष्ट गर्न खोजेको होला । खबरदार ओली प्रचण्ड गठबन्धनको ओली सरकार ! हत्या, हिंसा, झुट्टा मुद्दा, धरपकड र दमनले श्रमजीवी जनताको क्रान्ति र आन्दोलन कहिलै मर्दैन, बरु यो ज्वालामुखीको रुपमा विष्फोट भएर शासक वर्गकै अन्त्यष्टी गर्दछ ।

३) १० वर्षे जनयुद्धका विरुद्ध बर्बर दमन गर्ने र हत्या हिंसाको राज खडा गर्ने काँग्रेस र एमाले सरकारका नेताहरुको नामका देश द्रोही, राष्ट्रघाती, जन हत्यारा, साम्राज्यवादका एजेन्ट, बलत्कारी, गाउँ खरानी बनाउने विध्वंशकारी र जनताको सम्पत्ती लुट्ने लुटेरा लगायतका मुद्दाका फायलहरु जनयुद्धले जन्माएको जनसत्ताको जनअदालतमा ज्यूदै छन् । ओली सरकारले “चोरलाई चौतारा र साधुलाई सुली” गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीहरुलाई अहिले संचालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्ने छ । सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ । १० वर्षको जनयुद्ध, यसका उपलब्धीहरु, हजारौं जनयुद्धका शहिदहरुको रगत र नेपाली क्रान्तिका विरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताका विरुद्ध साम्राज्यवादीहरुको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ । त्यसपछि जनयुद्ध र एकीकृत जनक्रान्ति विरुद्धका अपराधीहरुलाई वारेन्ट पूर्जी जारी गर्ने छ ।

४) स्मरण होस् हामी राष्ट्रघाती, देश बेचुवा, दलाल, भ्रष्टाचारी, कमिशन खोर, महिला बेचुवा होइनौं ! के ओली प्रचण्ड गठबन्धन सरकारले हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ? हाम्रो पार्टी र नेतृत्व त यसका विरुद्धको क्रान्तिमा छ । यसर्थ हाम्रो पार्टी महासचिव क.विप्लवलाई लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गरियोस । यदि खारेज गरिएन भने हाम्रो पार्टी नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने, गिरप्mतार गर्ने र पार्टी माथि दमन गर्ने योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा र सिआईडी सुराकी विरुद्ध कारबाही बढाउन पार्टी वाध्य हुने कुरा समेत स्पष्ट गर्दछ । यसबाट निष्किने भयावह परिणामको कारक तत्व ओली सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका दलाल तत्वहरु हुनेछन । धन्यवाद ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.