बिहीबार बिहानै भारतीय राजदूत किन पुगे बालुवाटार ?
काठमाडौं : बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । भारतीय राजदूत पुरी ओलीलाई होलीको शुभकामना दिन भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
होलीको शुभकामना दिन पुगेका राजदूत पुरी र प्रधानमन्त्री ओलीबीच दुई देशको सम्बन्धलाई पछिल्ला दिनमा अझ प्रगाढ बनाएर कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको छ । भेटवार्तामा दुई देशको आपसी हितका विषयमा समेत छलफल भएको छ ।