प्रेम सफल पार्न श्रीमानको हत्या प्रयास, मध्यरातमा बाटोमै गोली प्रहार..

प्रेम सफल पार्न श्रीमानको हत्या प्रयास, मध्यरातमा बाटोमै गोली प्रहार..

वीरगन्ज : पर पुरुषसंग प्रेम सम्बन्ध राखेकी एक महिलाले आफनो प्रेमलाई सकार पार्न आफनै श्रीमान्को हत्या गर्ने प्रयास गरेको खुलासा भएको छ। वीरगन्जमा बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते भएका पर्साको बिन्दवासिनी गाउँपालिका ३ झौवाटोल स्थायी घर भइ हाल वीरगन्जको रानीघाटमा बस्दै आएका ३५ वर्षीय उमेशप्रसाद चौरसियालाई उनकै श्रीमती प्रियंका चौरसीयाले आफ्नो प्रेमीसंग मिलेर गोली हान्न लगाएको तथ्य सार्वजनिक भएको हो।

१० वर्ष वैदेशीक रोजगारी गरेर स्वदेश फर्किएर धागोको व्यापार गर्दै आएका उमेश व्यापारको शिलशीलामा बुटवल गएर बुधबार राति घर फर्कने क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट करिब एक सय मिटर पश्चिम रहेको भारतीय महावाणिज्य दूतावास पछाडिको सडकमा मोटरसाइकलमा सवार रहेका दुई युवकले गोली प्रहार गरेका थिए।

उमेशको दाहिने कोखामा गोली लागेको छ। वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बुधबार राति नै काठमाडौं लगिएको छ। चौरसीयाको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

घाइते चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा अत्याधिक रक्तस्राव भएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको नारायणी उपक्षेत्रीय अस्पताल प्रशासनले जनाएको छ।

गोली प्रहार गर्ने वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह, बाराको परवानीपुर गाँउपालिका १ का २७ वर्षीय मनोज गुप्ता, उमेशकी श्रीमती प्रियंका र प्रियंकाका प्रेमी बाराको परवानीपुर १ का २४ वर्षीय विकेन्द्र कुमार गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कसरी बनाइयो हत्याको योजना ?
प्रियंकासँग विहे गरेपछि वैदेशीक रोजगारीको शीलशीलामा उमेश खाडी मुलुकमा तीन वर्ष रहेका बेला उनकी श्रीमती र वीरगन्जको अपोलो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत विकेन्द्रबीच प्रेम सम्बन्ध मौलाएको थियो।

उमेश वैदेशीक रोजगारीबाट स्वदेश फर्किएपछि उनको हत्या गरी आफवूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने नियतले प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्ने योजना बनाएका थिए।

त्यहि योजना अनुसार, उमेशकी श्रीमती प्रियंका र विकेन्द्रले उमेशको हत्या गर्नका लागि मनोज गुप्तालाई एक लाख रुपैयाँको सुपारी दिएका थिए। त्यसमध्ये तत्काल उनीहरुले मनोजलाइ २५ हजार रुपैयाँ नगद दिएको र त्यही रकमबाट मनोजले ११ हजार रुपैयाँमा १२ बोरको नलकटुवा पेस्तोल र एक राउण्ड गोली खरिद गरेका थिए।

उमेश , बुधबार राति बुटवलबाट घर फर्किने क्रममा वीरगन्ज शहरमा आए लगत्तै उनकी श्रीमती प्रियंकाले मनोजलाइ टेलीफोन गरेर उमेश वीरगन्ज आइपुगेको जानकारी गराएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय छेउको भारतीय महावाणिज्य दूतावास नजिकको गल्ली हुँदै उमेश घरतर्फ पैदल जाँदै गरेका बेला विकेन्द्रको ना ३४ प १०३ नम्बरको मोटरसाइकल लिएर मनोज र मुन्नाले उमेशलाई पछयाएका थिए। उमेश आफ्ने घरबाट ५० मिटरको दूरीमा पुगेका बेला मोटरसाइकलको पछाडि सवार मुन्नाले पेस्तोल उमेशको कोखामा गोली हानेका थिए। गोली हाने लगत्तै दुवै जना मोटरसाइकलमै फरार भएका थिए। तत्कालै घटना स्थलमा पुगेको प्रहरी टोलीले घाइते उमेशलाई उद्धार गरी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएका थिए।

घटनाको अनुसन्धान गर्दै जादाँ गोली प्रहारमा उमेशको आफनै श्रीमती प्रियंकाकै योजना अनुसार उमेशको हत्याको प्रयास गरिएको खुलेपछि प्रहरीले उपचारका क्रममा उमेशसँगै बुधबार राति काठमाडौं पुगेकी प्रियंकालाई बिहीबार बिहान काठमाडौंबाट पक्राउ गरी विमानमार्फत् वीरगन्ज ल्याएको हो।

गोली हान्ने मुन्ना, मनोज र प्रियंकका प्रेमी विकेन्द्रलाई भने वीरगन्जको वीर्ताबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले बताए। गोली हान्ने घटनामा प्रयोग गरिएको विकेन्द्रको मोटरसाइकल वीरगन्जबाट बरामद गरिएको तथा पेस्तोल र त्यसको एक राउण्ड खोका वीरगन्जमै राखिएको बालुवाको बोरा भित्र लुकाएर राखिएको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

गोली हानिएको ६ घण्टा भित्र नै हामीले सबै अभियुक्तलाई पक्राउ गर्न सफल भयौ, प्रहरी उपरीक्षक रेग्मीले भने, ‘पक्राउ परेका सबै अभियुक्तले घटना आफूहरुले गराएको स्वीकार पनि गरिसकेका छन्।’

प्रहरी कार्यालयकै अगाडि व्यपारीमाथि गोली प्रहार


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.