होलीमा हजार मोटरसाइकल नियन्त्रण

होलीमा हजार मोटरसाइकल नियन्त्रण

काठमाडौं : जिल्ला प्रशासन कार्यालय र प्रहरीले होली शान्तिपूर्ण रुपमा मनाउन आग्रह गर्दागर्दै होहल्ला गरेर हिंडेका दुई सय बढी सर्वसाधरण प्रहरी नियन्त्रणमा परेका छन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार टेकु, कालिमाटी, गौशाला, पुतलीसडक, चावहिल, न्यूरोड लगायतका स्थानमा होहल्ला गरेर होली मनाउन हिँडेकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई अनुसन्धान गरेर मुद्दा चलाउन मिल्ने भएमात्रै राख्ने र नमिले छाडिने जानकारी पोखरेलले दिए । मादक पदार्थ सेवन (मापसे)गरेर, हेल्मेट नलगाई र एउटै मोटरसाइकलमा तीन जनासम्म चढेका मोटरसाइकललाई नियन्त्रणमा लिईएको जानकारी एसएसपी पोखरेलले दिए । उनले भने,‘अहिले जति पक्राउ परेका छन्, उनीहरुलाई स्क्रिनिङ गरेर मात्रै छाडिन्छ।’

यसपाली प्रहरी र ट्राफिकले संयुक्त रुपमा सय बढी स्थानमा चेक प्वाइन्ट राखेका थिए । अन्य दिन भन्दा बिहीबार सडकमा कम सवारीसाधन चलेका छन् । दिउँसै मापसे गरेर सवारी हाक्ने र क्षमता भन्दा बढी यात्रु राखेर गुडाएका सवारीसाधनमाथि प्रहरीले निगरानी बढाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राखेको चेक प्वाइन्टमा परि एक हजार मोटरसाइकल नियन्त्रण लिइएको छ । महाशाखाका सहायक प्रवक्ता डीएसपी मुकुन्द मरासिनीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकल मध्ये २६ वटा मापसे गरेर हाँकेका, ९३ वटा मोटरसाइकलमा तीन जना चढेका, ३६ वटा तिव्र गति, ३१ वटा चालकले कागजपत्र नबोकी हाँकेका थिए । ‘ जति पनि मोटरसाइकल नियन्त्रणमा लिएका छौं, कसुर हेरेर जरिवाना तिराएर मात्रै छाडिन्छ, डीएसपी मरासिनीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.