दुई वर्ष भित्र दुई अंकको आर्थिक वृद्धिदर कायम गर्छौं : ओली

दुई वर्ष भित्र दुई अंकको आर्थिक वृद्धिदर कायम गर्छौं : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकास तीब्र गतिमा अघि बढ्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग बिहीबार बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अबको स्थिर सरकारले विकासको बाटो लिएको बताए। यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न पनि तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

तीब्रगतिमा अघि नबढ्ने हो भने सहस्राब्दी विकास लक्ष्य हासिल गर्न नसकिने प्रधानमन्त्री ओलीले बताए। ‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा हासिल गर्ने भनेको सहस्राब्दी विकास लक्ष्य प्राप्त गर्नका लागि नेपालले तिब्रगतिमा विकासलाई अघि बढाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने।

सरकार कानुनी राज, स्वच्छता, पारदर्शीता र भ्रष्टाचार नियन्त्रणमा प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताए। उनले देशको आवश्यकता अनुसार उपभोग्य वस्तुको उत्पादन बढाउन व्यावसायीलाई सुझाव दिए। प्रधानमन्त्री ओलीले उपभोगका नाममा अनावश्यक वस्तुहरुको खरिदविक्री गरेर फजुल खर्च नगर्न सबैलाई आग्रह गरे। ‘चाहिने सामान खरिद गरौं, सपिङ बन्द गरौं’, उनले भने।

प्रधानमन्त्री ओलीले सरकारले आगामी दुई बर्ष भित्र दुई अंकको आर्थिकदर कायम गर्ने बताए। उनले यो उपलब्धि हासिल गर्नका लागि सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताए। सरकारले व्यावसायीक हितका लागि कानुनी रुपबाट गर्न सकिने जति सबै कुरा गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

व्यावसायीहरुले चर्को बैंक व्याजका कारण आफूहरु मारमा परेको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले यसको उचित सम्बोधन हुने आस्वासन दिए। उनले बैंकहरुले धितोलाई परियोजनालाई लगानी गर्न बैंक तथा वितीय संस्थालाई आग्रह गरे। प्रधानमन्त्री ओलीले भने, ‘उत्पादनजन्य उद्योगलाई कम व्याजदरमा बैंकले ऋण उपलब्ध गराउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.