मोतीबिन्दुको बिरामी बढ्दै

मोतीबिन्दुको बिरामी बढ्दै

भैरहवा : रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा मोतीबिन्दुका रोगी धेरै भेटिएका छन्। जिल्लमै पिछडिएको क्षेत्र मानिने मर्चवारमा आँखासम्बन्धी चेतनामा कमी भएकाले अधिकांशमा मोतीबिन्दु देखिएको एक स्वास्थ्य शिविरपछि थाहा भएको हो। लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानअन्तर्गत भैरहवामा रहेको श्री लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले मर्चवारको मर्यादपुरमा गरेको शिविरमा मोतीबिन्दुका धेरै बिरामी भेटिएका हुन्।

जे एन इँटा उद्योगका सञ्चालक वीरेन्द्र जयसवालको समन्वय र व्यवस्थापनमा रण अम्बिका शाह आँखा अस्पतालले बुधबार गरेको स्वास्थ्य शिविरमा सय जनामध्ये ६० भन्दा बढीमा मोतीबिन्दुका बिरामी देखिएको अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर सञ्जीव अधिकारीले जानकारी दिए। बिरामीको जाँचमा देखिएको यो संख्या आश्चार्यलाग्दो भएको उनले बताए।

शिविरमा जाँच गराउन आएका अधिकांशमा मोतीबिन्दु देखिएकाले शल्यक्रिया गर्न अस्पताल प्रशासनले छुट दिने घोषणासमेत गरेको थियो। सामान्यतः ५ हजार १ सय शुल्क लाग्ने शल्यक्रियाको लागि शिविरमा सहभागीलाई ६१ प्रतिशतसम्म छुट दिने कुरा भएको शिविर व्यवस्थापक वीरेन्द्र जयसवालले जानकारी दिए।

जिल्लाको दक्षिणी क्षेत्रमा आँखाको रेखदेख एवं नियमित जाँच नगराउने एवं बढ्दो उमेरका कारण पनि मोतीबिन्दुको बिरामी बढेको डा. अधिकारीले जानकारी दिए। आँखाभित्र रहेको पारदर्शी मणिजस्तै लेन्स क्रमशः अर्धपारदर्शक र अपारदर्शक हुँदै गएर दृष्टिमा ह्रास ल्याउने यो रोग मर्चवारका ४५ वर्ष पूरा भएका अधिकांशमा देखिएको छ।

डा. अधिकारीले मर्चवारमा धेरै दिनपछि शिविर आयोजना गरेकाले पनि धेरैमा मोतीबिन्दु देखिएको बताए। ‘यस्तै रहे मर्चवारमा यसवर्ष मात्र ४ पटकभन्दा बढी शिविर सञ्चालन गर्नुपर्ने देखिन्छ’, उनले भने।

मोतीबिन्दुले वृद्धवृद्धाका साथै बालबालिकालाई समेत प्रभावित पार्न सक्ने भएकाले नियमित रूपमा आँखा जाँच गराउनुपर्ने अधिकारीको सुझाव छ। मोतीबिन्दु आँखाको लेन्ससम्बन्धी रोग हो। यो रोग उमेर, आँखाका अन्य रोग, विकिरण, चोटपटक तथा लामो समयसम्म औषधि प्रयोगबाट उत्पन्न हुने डा. अधिकारीले जानकारी दिए। यो जन्मजात वा मधुमेह रोगसँग पनि सम्बन्धित हुन सक्छ। मोतीबिन्दु लागेमा दृष्टि धमिलो भएर जाने, उज्यालोमा हेर्दा गा‍ह्रो हुने वा तिरमिराउने, अँध्यारोमा अझ कम देखिने, सवारी चलाउन कठिन हुने, चस्माको पावरमा परिवर्तन आइरहने, रंग फरक देखिनेजस्ता लक्षण देखापर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.