बुटवलमा होलीको रौनक

बुटवलमा होलीको रौनक

बुटवल : बुटवललागयत तराईमा होलीको हर्षोल्सा रहेको छ। चोकचोकमा होली खेल्नेको भीड बढ्दै गएको छ। होलीलाई सद्भावपूर्ण बनाउन रुपन्देहीमा करिव एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले मात्रै ६ सय ७० जना प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले विभिन्न स्थानमा ६ सय ७० जनपद प्रहरीमात्रै परिचालन भएको बताए।

ट्राफिक र शसस्त्र प्रहरी गरी करिव साढे तीन सय सुय जना सुरक्षाका लागि परिचालन भएका छन्। होलीमा हिंसा भड्किन नदिनका लागि १८ वटा मोवाइल टोली, २६ स्थानमा चेक प्वाइन्ट र ६५ वटा पिकेट रहने व्यवस्था मिलाइएको पाण्डेले बताए।

कुनै स्थानमा घटना घटेको सूचना पाएको ५ मिनेटभित्रै प्रहरी पुग्ने उनले बताए। होलीमा विशेष गरी मदिरा तथा लागू औषध सेवन गरी होहल्ला, झैझगडा हुन सक्ने भन्दै त्यस्ता घटना रोक्न प्रहरीको बाक्लो उपस्थिति गराइएको हो।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, अनिच्छुक व्यक्तिमाथि रंग लोला हान्ने, महिलामाथि दुब्र्यवहार गर्नेहरुलाई सार्वजनिक अपराध मुद्धा लगाइने समेत प्रहरीले जनाएको छ। दुर्घटना हुन नदिनका लागि ट्राफिक प्रहरीले विशेष चेकजाच गरेको छ। होलीलाई सद्भावपूर्ण बनाउनका लागि प्रशासनले समेत सार्वजनिक सूचना जारी गरेको छ।

पहाड र तराइबासीको बसोबास रहेको रुपन्देहीमा सुरक्षा संवदनशीलता रहेको छ। हिजो पहाड तथा हिमाली क्षेत्रमा मनाइएको होली आज तराई क्षेत्रमा मनाईदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.