मिथिला मध्यमा परिक्रमा सम्पन्न

मिथिला मध्यमा परिक्रमा सम्पन्न

जनकपुरधाम : मिथिलार्को 'महाकुम्भ' मानिने मिथिला मध्यमा परिक्रमा आज अन्तगृह परिक्रमामा परिणत भई सम्पन्न भएको छ। लाखौं परिक्रमा यात्रीहरुको सहभागितामा मिथिलाको १५ दिवसीय धार्मिक यात्रा मध्यमा परिक्रमा अन्तगृह परिक्रमासँगै विधिवत सम्पन्न भएको हो।

१४ दिनको धार्मिक यात्रा पुरा गरी अन्तिम दिन जनकपुरको परिक्रमा गर्दै नेपालकै सबैभन्दा लामो धार्मिक यात्रा यस वर्ष सकिएको छ।धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै शुरु भएको मिथिला मध्यमा परिक्रमा शुक्रबार विभिन्न मन्दिरका डोलासँग बिहीबार नै जनकपुर आइपुगेको थियो।

फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौंको संख्यामा सर्वसाधारणले जनकपुरको १५ किलोमिटर वरिपरिको परिक्रमा घुमेर अन्तरगृह परिक्रमा गर्ने गर्दछन्।

१५ दिवसीय मिथिला मध्यमा परिक्रमाका यात्रीहरु पूर्णिमा तिथीमा मिथिला बिहारी र किशोरीजी भगवानको डोला्सहित जनकपुर आएपछि मध्यमा परिक्रमा गर्न छुटेकाहरु अन्तरगृहमा सहभागी हुने गर्दछन्।

अन्तरगृह परिक्रमा गर्यो भने १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने आस्थाका साथ सहभागी श्रद्धालुहरु यात्रा सकेर जानकी मन्दिर, राम मन्दिरमा दर्शन गरेपछि होली पर्व सुरु हुने बताउँछन्। १५ दिवसीय परिक्रमाका यात्रुहरु जनकपुरमा आएपछि दुई दिनसम्म मासु माछा र मदिरा बिक्री वितरणमा समेत स्थानीय प्रशासनले रोक लगाउने गर्दछ।

mithila1

सोही कारण जनकपुरमा अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलीपल्ट होली मनाउने प्रचलन छ। यस वर्ष पनि जनकपुरमा शनिबार होली मनाइदैछ।अन्तरगृह परिक्रमालाई व्यवस्थीत गर्नका लागि प्रशासनले नगरक्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको छ। विभिन्न युवा क्लब तथा स्थानीय प्रहरीको सक्रियतामा यात्रीको सुविधाका लागि विभिन्न स्थानमा प्रहरी हेल्प डेस्कको स्थापना गरिएको छ।

भारत नेपालसँगै तेस्रो मुलुकका पर्यटक समेत यो भव्य परिक्रमामा सहभागी हुन जनकपुर आउने गरेपनि परिक्रमा सडक व्यवस्थीत नहुँदा पैदल हिडेर यात्रा सकाउनेलाई अत्याधिक गाहे हुने गरेको छ।

नेपाल र भारत दुई देशबीच धार्मिक साँस्कृतिक एवंम् पारम्परिक सद्भावको प्रतिक बनेको परिक्रमा यात्रामा नेपालको १२ तथा भारतको ३ स्थानमा विश्रामस्थल रहने गर्दछ। मिथिला महात्ममा यस विश्राम स्थललाई पौराणिक एवंम् धार्मिक महत्वको विषयमा व्याख्या गरिएको हो।

मिथिला महात्ममा उल्लेख भएअनुसार १८ औं शताब्दीबाट यस धार्मीक यात्रालाई प्रारम्भ गरिएको हो। सबैभन्दा लामो दुरीको यस धार्मिक यात्रामा नेपालको १०७ र भारतको २६ गरी जम्मा १३३ किलोमिटरको भूमिमा यात्रीहरुले पैदल यात्रा गर्ने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.