जीपको ठक्करबाट युवकको मृत्यु, महेन्द्रनगर बजार बन्द

जीपको ठक्करबाट युवकको मृत्यु, महेन्द्रनगर बजार बन्द

महेन्द्रनगर : भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले महेन्द्रनगर बजार बन्द गराएका छन्।महेन्द्रनगर बजार बन्द गराउनुका साथै यातायात सेवा समेत ठप्प पारिएको छ। मृतकका आफन्त बिहानैदेखि हातमा लाठीसहित बजार बन्द गराउन हिंडेका थिए।

कञ्चनपुर सदरमुकाम पूर्ण रुपमा बन्द गराइएको छ। महिला, पुरुष तथा बालबालिका समेत ठूलो संख्यामा बजारमा लाठीसहित प्रदर्शनमा उत्रिएका छन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय बाहिर धर्ना समेत दिइरहेका छन्।

मृतकका आफन्तले दोषी चालकलाई कारवाही र उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान लिएका छन्। मृतकको शव घट्नास्थलमै रहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतकका आफन्त र प्रहरी प्रशासनबीच अहिले जिल्ला प्रशासन कार्यालयमा बार्ता भइरहेको छ। बिहीबार राति महेन्द्रनगर–गड्डाचौकी सडकखण्डको बनगाउँमा युके ०३–७१०१ नम्बरको भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा भीमदत्त नगरपालिका ६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको हो।

ठक्करबाट चन्दको घटना स्थलमै मुत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएपी ज्ञानबहादुर सेटीले जानकारी दिए। ठक्कर दिए लगत्तै जीपका चालक महेन्द्रनगरतर्फ आएर शिव मन्दिर क्षेत्रमा गाडी छाडेर भागेका थिए।प्रहरीका अनुसार ठक्कर दिने जीप प्रहरीले नियन्त्रणमा राखेको छ।

प्रहरीले ठक्कर दिने चालकको खोजीकार्य भइरहेको जनाएको छ। यसैबीच आक्रोशित मृतकका आफन्तले बन्दको अबज्ञा गरेको भन्दै केही सवारी साधनमा तोडफोड समेत गरेका छन्। उनीहरुले महेन्द्रनगर बसपार्क नजिकै रहेको यूएसपी बझाङ्ग होटलको काउन्टरमा तोडफोड गरेका छन्। बन्दका समयमा होटल खोलेको भन्दै तोडफोड गरेका हुन्।

होटल सञ्चालकले भने बिना जानकारी नदिइकनै आएर होटलमा युवाले तोडफोड गरेको बताएका छन्। सवारी साधन नचलेपछि विभिन्न गन्तव्यमा  हिडेका यात्रुहरु बसपार्कमा अलपत्र परेका छन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.