धरानमा खानेपानीको हाहाकार

धरानमा खानेपानीको हाहाकार

धरान : सुख्खा मौसमसँगै खानेपानीका मुहान सुक्नथालेपछि धरान उपमहानगरपालीकामा खानेपानीको हाहाकार भएको छ । हप्तादिनदेखि धरानका आधाजसो घरमा जडान गरिएका धारामा पानी नआएपछि खानेपानीको चरम अभाव भएको हो ।

खानेपानी संस्थान धरानले पानी उत्पादक भएको भन्दै खानेपानी वितरणमा भारी कटौती गरेपछी धरानमा खानेपानीको हाहाकार मच्चिएको हो । वर्षा याममा बिहान बेलुका नै खानेपानी वितरण गर्दै आएको संस्थानले महिना दिनदेखि दिन बिराएर मात्रै पानी वितरण गर्न थालेको छ ।

धरानमा दैनिक चार करोड लिटर खानीपानीको माग भएपनी संस्थानले हाल दैनिक एक करोड २० लाख लिटर पानी वितरण गर्दै आएको छ । खानेपानी संस्थानले कम पानी उत्पादन गर्ने गरेका कारण धरानमा वर्षेनी खानेपानीको समस्या भएको धरान –१५ का वडाध्यक्ष नरेशकुमार इवारमले बताए ।

संस्थानले १५ नम्बर वडामा समान रुपले सेवाग्राहीलाई पानी वितरण गर्न नसकेका कारण वडावासी खानेपानी सुविधाबाट बञ्चित हुनु परेको उनको गुनासो छ । घरमा जडान भएका धारामा पानी नआएपछि धरानवासी चारकोसे झाडी र विभिन्न खोला खोल्सीबाट खानेपानीको जोहो गर्न बाध्य भएका छन् ।

घरमा जडान गरिएको धारामा पानी नआएपछि काकाकुलझँै पानी खोज्न चारकोसे झाडी जानु परेको धरान –८ कि ललिता दाहालको गुनाासो छ । उनले दुई दिनमा एक पटक आउने पानीआधा घण्टा नपुग्दै बन्द भएपछी दैनिक जीवन चलाउने समस्या भएको बताइन् ।

खानेपानी संस्थानले समान रुपले पानी वितरण नगरेका कारण हजारौैं परिवार खानेपानी सुविधाबाट वञ्चित भएको विजयपुर हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए । उनले संस्थानले प्रर्याप्त पानी वितरण नगरेका कारण दैनिक दश हजार लिटर पानी किनेर हस्पिटल संचालनगर्नु परेको बताए ।

धरानका १, २, ८, ९, १०, ११, १२, १४, १५, १९ लगायतका वडामा प्रर्याप्त खाने पानी वितरण नगरिएका कारण धरान बासी खानेपानी सुविधाबाट बञ्चित भएका हुन् । संस्थानले प्रयाप्त खानेपानी वितरण नगरेपछी सर्वसाधारणले घण्टा लगाएर बम धारा, खत्रीधारा, विष्णुपादुका, चारकोसि झाडि लगायतका स्थानवाट पानी ल्याएर जिविका चलाउनु परेको बताए । धारामापानी नआएपछि संस्थानको कार्यालयमा पटक पटक डेलिगेशनजादा समेत संस्थानले पानी वितरण नगरेको स्थानियको आरोप छ ।

खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले सुख्खा मौसमसँगै खानेपानीको मुल सुक्न थालेपछि उपभोक्ताको माग बमोजिम खानेपानी वितरण गर्न नसकेको स्विकार गरे । भौगोलिक विकटताका कारण धरानका कतिपय वडामा समान रुपले पानी वितरण गर्न नसकिएको उनको भनाइ छ ।

धरानमा १९ हजार २ सय धारा मार्फत स्थानियलाई खानेपानीवितरण गरिँदै छ । संस्थानले दैनिक एक करोड ३० लाख खानेपानी उत्पादन गर्ने गरेको प्रमुख श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.