पुलिस क्वाटरफाइनलमा प्रवेश

पुलिस क्वाटरफाइनलमा प्रवेश

विर्तामोर्ड : रेजिन सुब्बाको एकमात्र गोलले नेपाल पुलिस क्लब तेस्रो रमपम झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ र नेपाल पुलिस क्लब बीच आइतबार भएको खेलमा एकमात्र निर्णायक गोलका लागि ८१ मिनेट पर्खनुपरेको थियो ।

८१ औं मिनेटमा सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले गोल लगाएका थिए । रुपन्देही ११ का गोल किपर सोजित गुरुङ बिट भइसकेको अवस्थामा डि एरियाभित्र रहेका सुब्बाले गोल गरेका हुन् ।

खेलको १८ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार पोष्ट बारमा लागेर फर्किएको थियो । २५ औं मिनेटमा पुलिसका रेजिन सुब्बाले गोलकिपर बिट भइसकेपछि गरेको प्रहार रुपन्देहीका डिफेन्डर गौरब बुढाथोकीले गोललाइनबाट बचाएका थिए ।

५३ औं मिनेटमा रुपन्देहीका निशान लिम्बुले गोल गर्न सकेनन् । उनले गोलकिपरमात्र भएको समयमा फितलो प्रहार गरेका थिए । ७२ औं मिनेटमा पुलिसका रवि पासवानको कडा प्रहार रुपन्देहीका गोलकिपर सोजीत गुरुङले पञ्च गरेर बाहिर फ्यालेका थिए ।

खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै पुलिसका प्रशिक्षक अनन्त थापाले नेपालकै स्तरीय र प्रतिष्ठित प्रतियोगिता भएकाले उपाधि रक्षा गर्ने रणनीति लिएको बताए । खेलमा पाएका धेरै अवसर फ्रेममा नपर्दा स्कोर बढी हुन नसकेको उनको भनाइ छ । आगामी खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने समेत उनले बताए । उनले डोमालाल रंगशाला उच्चस्तरीय भएको पनि टिप्पणी गरे ।

पराजित टीमका प्रशिक्षक दयाराम सापकोटाले खप्तड गोल्डकपपछि आफ्ना खेलाडी रेष्टमा रहेको र पुलिससँगको खेलमा दोस्रो तहका खेलाडी उतारेका कारण सोचेजस्तो नतिजा प्राप्त नभएको बताए । उनले आफ्नो टीमका भरपर्दा खेलाडी दीपक राई घाइते भएका कारण पनि राम्रो खेल्न नसकेको बताए ।

खेलको म्यान अफ द म्याच बिजेता नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाप्त गरे । सोमबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र थ्री स्टार क्लब बीच हुने आयोजक समितिले जनाएको छ । गोल्डकप विजेताले नगद १२ लाख ५१ हजार र ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.