अन्नपूर्णकर्मी पण्डित सम्मानित

अन्नपूर्णकर्मी पण्डित सम्मानित

काठमाडौं: प्रशासनिक पत्रकारितामार्फत स्थायी सरकार मानिने निजामती क्षेत्र र सरकारलाई खबरदारी गर्दै पत्रकारितामा उल्लेख भूमिका निर्वाह गरेको भन्दै अन्नपूर्णकर्मी सागर पण्डित सम्मानित भएका छन् । रौतहट टाइम्स साप्ताहिकको २० औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष कार्यक्रममा पत्रकार पण्डित सम्मानित भएका हुन् ।

प्रमुख अतिथि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकार पण्डितलाई सम्मानपत्र प्रदान गरेका थिए । समाजसेवामा उल्लेख्य भूमिका निर्वाह गरेका नारायणप्रसाद पौडेल र अञ्जु झालाई पनि नेता नेपालले सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेता नेपालले एमाले नेतृत्वको सरकार विकास र समृद्धिमा निरन्तर लागिरहने सक्रिय सरकार भएको दाबी गरेका छन् । कार्यक्रममा नेता नेपालले एमाले सरकार भ्रष्टचारीको जालो तोड्न सफल हुने दाबी गरे । ‘सबै ठाउँमा हुने सेटिङ र अनियमितताले देशको अवस्था बर्बाद र ध्वस्त छ, अब यसमा आमूल परिवर्तन र सुधार आवश्यक छ’, उनले भने ।

रौतहट टाइम्सका प्रकाशक तथा सम्पादक गोविन्द चौंलागाईको अध्यक्षतामा भएको कार्यक्रममा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले अब राजधानीमा फोहोर गर्ने जोसुकैलाई पनि ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.