ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार अधिवक्ता यज्ञमणि न्यौपानेले कांग्रेस सभापति एवम् निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई पुर्नस्थापना गर्न माग गर्दे रिट दायर गरेका हुन् ।
रिटमा ओलीले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि पद तथा गोपनियताको शपथ ग्रहण नगरी प्रधानमन्त्रीमा नियुक्त हुनु कानुन विपरित भएको दाबी गरिएको छ । राष्ट्रपतिबाट ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक भएको अधिवक्ता न्यौपानेको तर्क छ ।
रिटमा देउवा सरकारलाई पुर्नस्थापना राखी त्यही सरकारबाट संसद अधिवेशन आह्वान गर्न समेत माग गरिएको छ ।