१४३ रन बन्दा नेपालको ९ विकेट गुम्यो : सन्दीप लामिछाने आउट

१४३ रन बन्दा नेपालको ९ विकेट गुम्यो : सन्दीप लामिछाने आउट

काठमाडौं : जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिताको आफ्नो महत्वपूर्ण खेलमा नेपालले बिहीबार बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपाले सुरुमै एक पछि अर्को झट्का व्यहोरेको छ । २८ ओभरको सुरुमै कप्तान पारस खड्कालाई गुमाएको नेपालले ४५ ओभरको समाप्तिमा ९ औं विकेटको रुपमा सन्दीप लामिछानेलाई गुमाएको छ । ३१ बलमा ६ रन बनाउँदै सन्दीप आउट भएका हुन् । नेपालका लागि कप्तान खड्काले ७१ बलमा ६३ रन बनाए । अन्य ब्याट्सम्यान भने कोही पनि जम्न सकेनन् । 

यसअघि ३६ ओभरको समाप्तिमा आठौं विकेटको रुपमा रोहित कुमारलाई गुमाएको थियो । २४ ओभरमा सोमपाल कामीलाई गुमाउँदै नेपालले ६ विकेट गुमएको थियो। यसअघि आठ ओभर पूरा गर्दा नेपालका आरिफ शेख आउट भएका थिए।

पाँच विकेट गुम्दासम्म नेपालले जम्मा ३९ रन मात्र जोड्न सकेको थियो। यसअघि नेपालका उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल दोस्रो ओभरमै एक रन जोडेको अवस्थामा बोल्ड आउट हुन पुगे। त्यसैगरी चौथो क्रमका दीपेन्द्रसिंह ऐरी पनि आउट भए।

त्यसपछि आएका शरद भेषवकार पनि आउट भए। भेषवकारले १ बलको सामना गर्दै खाता नखोली आउट भए। यसअघि दिलिपनाथलाई आउट गरेका ह्विट्टिङघमले दीपेन्द्रलाई ४ बलमा १ रन बनाएको अवस्थामा आउट गरे।

स्कटल्यान्डका सरिफले उपकप्तान मल्ललाई ७ बलमा १ रन बनाएको अवस्थामा बोल्ड आउट गरेका थिए। त्यसैगरी अर्का ओपनर दिलिप नाथलाई २ बलमा ४ रन बनाएको अवस्थामा ह्विट्टिङघमले एलबी डब्लु धरापमा पार्दै पेभेलियन फर्काए।

अहिले क्रिजमा बसन्ती रेग्मी र ललित नारायण राजवंशी छन्। ४५ ओभरमा नेपालले ९ विकेटको क्षतिमा ११४३ रन जोडेको छ।

जिम्बाब्वेको बुल्लावायोमा टस जितेर नेपालले पहिले ब्याटिङमा जाने निर्णय गरेको थियो। विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताको सम्भावना जीवित राख्न नेपाललाई स्कटल्यान्डविरुद्धको खेलमा जित्नै पर्नै जरुरी छ। स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प थिएन।

सय रन बन्दा कप्तान पारस खड्का आउट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.