आज अफगानिस्तानसँग खेल्दै, दबाबमा नेपाल

आज अफगानिस्तानसँग खेल्दै,  दबाबमा नेपाल

काठमाडौं : एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको महत्वपूर्ण खेलमा नेपालले शनिबार पुरानो प्रतिद्वन्द्वी अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ । प्रतियोगितामा शुक्रबारसम्मको नतिजालाई हेर्दा विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यताका लागि पनि नेपाल सुपर सिक्स चरणमा पुग्नैपर्ने हुन्छ ।

समूह ‘ए’मा एकदिवसीय टोलीको मान्यता पाइसकेको नेदरल्यान्ड्स तथा समूह ‘बी’मा टेस्ट टोली अफगानिस्तानले कमजोर प्रदर्शन गरेपछि एकदिवसीय टोलीको मान्यता नपाएका तीन एसोसिएट टोली सुपर सिक्स चरणमा पुग्ने अवस्था देखिएको छ । शुक्रबारसम्मको अवस्थामा समूह ‘ए’बाट टेस्ट टोली वेस्ट इन्डिज र आयरल्यान्डसहित एसोसिएट टोली संयुक्त अरब इमिरेट्स (यूएई) तथा समूह ‘बी’बाट टेस्ट टोली जिम्बाब्वेसँगै एसोसिएट टोली स्कटल्यान्ड र हङकङको पनि सम्भावना देखिएको छ । यही समीकरण सम्भव भए नेपालले विश्वकप छनोटसहित आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने अवसर पनि गुमाउनेछ ।

त्यसैले नेपाललाई सुपर सिक्समा पुग्दै कम्तीमा एक दिवसीय टोलीको मान्यता पक्का गर्न अफगानिस्तानविरुद्धको खेल जित्नैपर्ने बाध्यता छ । सुपर सिक्स यात्रा पक्का गर्न नेपाललाई अफगानिस्तानसँगै हङकङविरुद्धको समूहगत चरणको अन्तिम खेल पनि जित्नुपर्ने बाध्यता छ । हङकङले अफगानिस्तानलाई पराजित गर्दै दुई अंक बटुलिसकेको छ । शनिबार नै हुने अर्काे खेलमा हङकङले आयोजक जिम्बाब्वेलाई पनि पराजित गरेको अवस्थामा अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेर मात्रै पुग्नेछैन, रन रेट पनि निकै माथि हुनुपर्नेछ ।

शनिबारको खेलमा हङकङ पराजित भएको अवस्थामा भने नेपालले अफगानिस्तान र हङकङविरुद्धको जितसहित सहजै सुपर सिक्स चरणको यात्रा पक्का गर्नेछ । यससँगै नेपालले सन् २०२२ सम्मका लागि पहिलोपटक एकदिवसीय टोलीको मान्यता पनि प्राप्त गर्नेछ । शनिबारको खेलअघि नेपाली टोलीसामु बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई पराजित गर्ने सुनौलो अवसर पनि छ ।

पछिल्लो दुई वर्षयता उच्च स्तरको प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै आएको अफगानिस्तान जारी प्रतियोगितामा भने केही कमजोर देखिएको छ । अफगानिस्तानले प्रतियोगिताको मुखैमा आएर नियमित कप्तान अस्घर स्तनिक्जाईलाई गुमायो । प्रतियोगिताको दोस्रो खेलसम्म आइपुग्दा विस्फोटक प्रारम्भिक ब्याट्सम्यान मोहम्मद सेहजाद पनि आईसीसीको अनुशासनको कारबाहीमा परेका छन् ।

शनिबारको खेलमा अफगानिस्तान टोली नेपालविरुद्ध यी दुई अनुभवी खेलाडीबिना मैदानमा उत्रनेछ । त्यसैले जारी प्रतियोगितामा कमजोर मनोबलमा देखिएको अफगानिस्तानलाई पराजित गर्दै अघि बढ्न नेपाली टोलीसामु गतिलोे अवसर पनि छ । यद्यपि अन्य अनुभवी खेलाडीको बाहुल्य रहेको अफगानिस्तानलाई सहज लिने भूल नेपाली टोलीले पक्कै गर्नेछैन ।

प्रतियोगितामा अफगानिस्तानको प्रदर्शन

स्कटल्यान्डविरुद्ध सात विकेटले पराजित

जिम्बाब्वेविरुद्ध दुई रनले पराजित

हङकङविरुद्ध ३० रनले पराजित

प्रतियोगितामा नेपालको प्रदर्शन

जिम्बाब्वेविरुद्ध एक सय १६ रनले पराजित

स्कटल्यान्डविरुद्ध चार विकेटले पराजित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.