अफगानिस्तानविरुद्ध ज्ञानेन्द्र र अनिल ओपनिङमा*

अफगानिस्तानविरुद्ध ज्ञानेन्द्र र अनिल ओपनिङमा*

*भूलसुधार : आइसीसीलाई उद्धृत गर्दै अफगानिस्तानका नियमित कप्तान मोहमद असगर स्तनिक्जाइ नेपालविरुद्धको खेलमा मैदानमा फर्किएको भन्ने समाचार गलत भएकाले भुल सुधारसहित सच्याइएको छ।

आइसीसीले सुरुमा आफ्नो वेबसाइटमा नेपालविरुद्ध खेल्ने अफगानिस्तानी टोलीमा मोहमद असगर स्तनिक्जाइको नाम सार्वजनिक गरेको थियो। सोही बमोजिम हामीले समाचार लेखेका थियाैं। तर आइसीसीले उक्त सूचना हटाएपछि हामीले भूलसुधारसहित समाचार सच्याएका हौँ। अफगानी टोलीको कप्तानी रसिद खानले गरेका छन्। 


काठमाडौं : एपेन्डिक्सको अप्रेसनका कारण मैदान बाहिर रहेका अफगानिस्तानका नियमित कप्तान मोहमद असगर स्तनिक्जाइ आज हुने नेपालविरुद्धको खेलमा मैदानमा फर्किएका छन् ।

आसीसीले सार्वजनिक गरेका खेलाडीको सूचीमा कप्तानको रुपमा स्तनिक्जाइको नाम समावेश गरिएको छ । एपेन्डिक्सको अप्रेसनपछि नियमित कप्तान मैदानबाहिर रहेका कारण अफगानी टोलीको कप्तानी १९ वर्ष बलर रसिद खानले गरेका थिए । दुई अभ्यास खेल र विश्वकप छनोट अन्तर्गतका तीन खेलमा अफगानी टोलीको कप्तानी रसिद खानले गरेका थिए ।

स्तनिक्जाइ एक राम्रा ब्याट्सम्यान हुन् । एकद्विवसीय अन्तराष्ट्रिय खेलको ७९ इनिङमा ब्याटिङ गरेका उनले १ शतक र ७ अर्धशतकसहित १५६५ रन बनाएका छन् । स्तनिक्जाइको मैदानमा फिर्ती नेपालका लागि थप चुनौती हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.