सभामुख भएपछि कृष्णबहादुर महराका ५ तस्बिर

सभामुख भएपछि कृष्णबहादुर महराका ५ तस्बिर

काठमाडौँः सधैँ शक्तिमा रहिरहने नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अबको ५ वर्षका लागि प्रतिनिधि सभाको कुर्सीमा आसिन हुने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उम्मेदवारी नदिएर सहयोग गरेपछि महरालाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

यसअघि पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका महराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई समेत रिझाउँदै फेरि शक्तिमा रहने गरी सभामुखको कुर्सी आफ्नो पोल्टामा पार्न सफल भए ।

सभामखुकी दाबेदार ओनसरी घर्तीलाई पछि पार्दै महराले व्यवस्थापिकाको प्रमुख पद हत्याउन सफल भए । शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएपछि उनका ५ तस्बिर यहाँ राखेका छौँ ।

महरा सभामुखमा निर्वाचित भएपछि पूर्वसभामखु ओनसरी घर्तीसहितले उनलाई तत्कालै बधाई दिए । ओनसरीका पति समेत रहेका माओवादी केन्द्रका नेता बर्षमान पुनले यसअघि आफूले शक्तिशाली मन्त्रालय पाउनुपर्ने नभए पत्नीलाई सभामुख बनाउनुपर्ने अडान पार्टीमा राख्दै आएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.