रेशम चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीको निर्देशन

रेशम चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याउन गृह सचिवलाई निर्देशन दिएका छन्। शनिबार दिउँसो गृहमन्त्री बादलले गृहसचिव मोहनकृष्ण सापकोटालाई चौधरीलाई तत्काल काठमाडौं झिकाउन आदेश दिएको गृह स्रोतले जानकारी दिएको हो।

२०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषी रहेको आरोप लाग्दै आएको छ। टीकापुर घटनाका फरार अभियुक्त चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। टीकापुर घटनापछि उनी भारत बस्दै आएका थिए।

आत्मसर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता जेलमा रहेका चौधरी शुक्रबार अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ। गृहमन्त्री बादलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै तत्काल राजधानी ल्याउन गृहसचिवलाई निर्देशन दिएको गृह स्रोतको दाबी छ।

भारतमै रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.