नेपालको ९ विकेट गयो : करण केसी र सन्दीप लामिछाने आउट

नेपालको ९ विकेट गयो : करण केसी र सन्दीप लामिछाने आउट

काठमाडौं : नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्धको खेलमा नेपालले ९ विकेट गुमाएको छ । अन्तिम विकेटको रुपमा ४८ औं ओभरमा करण केसी र सन्दीप लामिछाने आउट भएका छन् । ४४ औं ओभरमा नेपालका ब्याट्सम्यान सोमपाल कार्मी र अरिफ शेख क्याच आउट भएका थिए । यसअघि दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र अनिल शाह आउट भइसकेका छन्।

छ र सात विकेटको रुपमा आउट भएका अरिफ शेखले ३६ बलमा २३ रन बनाए भने सोपाल १५ बलमा ९ रन बनाएर क्याच आउट भएका हुन् भने आठौं विकेटको रुपमा आउट भएका करण केसीले आठ बलमा ६ रन बनाए । सन्दीप दुई बल खेल्दै आउट भएका हुन् ।

नेपालका लागि कप्तान पारसले ८८ बलमा १० चौका र एक छक्काको मद्दतमा ७५ रन बनाए । खड्कालाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरे ।नेपालको पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भएका थिए । शाहलाई मुजिव रहमानले आउट गरेका हुन् ।

दीपेन्द्र तीन चौका, एक छक्काको मद्दतमा ४१ बल खेल्दै ३२ रन बनाएर आउट भएका हुन् । अहिले ब्याटिङमा ललित राजवंशी र बसन्त रेग्मी छन् । ४९ ओमार नेपालले ९ विकेटको क्षतिमा १९४ रन बनाएको छ ।

अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ । भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.