आग्रह-पूर्वाग्रह बिना राजधानी र प्रदेशको नाम राख्छौ : मुख्यमन्त्री राई
![आग्रह-पूर्वाग्रह बिना राजधानी र प्रदेशको नाम राख्छौ : मुख्यमन्त्री राई](https://annapurnapost.prixacdn.net/media/albums/Sherdhan-Rai1-5aa3b93060dc56.55270833_PrfzcYc9ym.jpg)
काठमाडौं : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कुनै दबाब, आग्रह-पूर्वाग्रह बिना स्थायी राजधानी र प्रदेशको नामाकरणको निर्णय गरिने बताए।काठमाडौंमा भएको एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राईले राजधानी र नामाकरण गर्ने विषयले छिट्टै संसदमा प्रवेश पाउने बताए।
उनले भने,‘यो सवाल संसदको दुई तिहाईले टुँग्याउने हो, तर हामी कुनै दबाब, आग्रह वा पूर्वाग्रह नराखिकन निर्णय गर्छौं।’ उनले सबैलाई समेटेर राजधानी र प्रदेशको नामाकरणको निर्णय हुने विश्वास दिलाए। मुख्यमन्त्री राईले प्रदेशमा गुण्डागर्दी, तस्करी लगायतका अपराधलाई पूर्ण नियन्त्रण गरिने स्पष्ट पारे।
उनले सुशासन कायम, भ्रष्टाचार र अपराध नियन्त्रण गर्दै देश बनाउने महाअभियानमा मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए।उनले भने,‘अब भ्रष्टाचार, अपराध गर्ने र राष्ट्रलाई ठग्नेलाई छुट हुँदैन, कडाभन्दा कडा कारबाही हुन्छ, तीन तहकै संरचनामा सरकार बनिसकेको छ, हामी कठोर कदम चाल्छौं।’
एमाले नेता समेत रहेका राईले आगामी चैत्र १५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीच बृहत्त एकता घोषणा हुने बताए।उनले भने,‘हामी सम्पूर्ण तयारीमा जुटिसकेका छौं, चैत्र १५ गतेभित्रै बाम गठबन्धन अब पार्टी एकतामा परिणत हुन्छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)