चोरीका मोटरसाइकल सहित चार पक्राउ

चोरीका मोटरसाइकल सहित चार पक्राउ

बर्दिबास : प्रहरीले तीनवटा मोटरसाइकल चोरी गरेको आरोपमा चार युवालाई पक्राउ गरेको छ।  सर्लाही हरिवन-३ का १८ वर्षीय रमेश कुशवाहा , २० वर्षीय सरोजकुमार महतो, १८ वर्षिय संजय महतो र हरिवन-२ का २० वर्षिय नागेन्द्र महतो पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। प्रहरीले चारै जना युवालाई उनीहरुकै गाउँबाट पक्राउ गरेको हो।

प्रहरीले बा २९ प ४६४८ नम्वरको पल्सर २२० , बा ३० प ७६३१ नम्वरको पल्सर १५० र ना ८ प ७७३५ नम्वरको अपाचे मोटरसाइकल नियन्त्रणमा लिएको हो। बरामद तीन मोटरसाइकल मध्ये दुई वटाको नम्बर नक्कली रहेको प्रहरीले बताएको छ। मोटरसाइकल धनीले मोटरसाइकल आफ्नो रहेको बताएपछि नम्बर नक्कली रहेको खुलेको हो।

चोरिएका मोटरसाइकल बर्दिबासस्थित सूयआर्ट फ्लेक्स प्रिन्टका रहेको इप्रका बर्दिवासका प्रहरी सहायक निरीक्षक कौशल न्यौपानेले बताए। चोरीका मोटरसाइकलको नम्बर परिवर्तन गरी २०/२५ हजारमा विक्रिवितरण गरेको पाइएको उनले जानकारी दिए।

पछिल्लो समयमा बर्दिवास नगर क्षेत्रमा मोटरसाइकल चोरीका घटना बढेका छन्। भदौ १३ देखि हालसम्ममा १२  मोटरसाइकल चोरी भएको प्रहरीमा उजुरी  परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.