बालिकामाथि अत्याचार गर्नेलाई हदैसम्मको कारबाही गर्न विद्यार्थी नेताको माग

बालिकामाथि अत्याचार गर्नेलाई हदैसम्मको कारबाही गर्न विद्यार्थी नेताको माग

काठमाडौं : कैलालीमा बालिकामाथि बोक्सीको आरोपमा बिहीबार भएको अत्याचारमा संलग्नलाई तत्काल कारबाही गर्न तीन विद्यार्थी संगठनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग माग गरेका छन्। शनिबार अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएर संयुक्त रुपमा घटनाबारे गृहमन्त्रीलाई जानकारी गराएका हुन्।

विद्यार्थी नेतृत्वले महिलामाथि हुने जघन्य अपराधमा संलग्नलाई हदैसम्मको सजाय हुने विद्यमान कानुन नै परिवर्तन गर्नसमेत माग गरेका छन्। बिहीबार कैलालीमा घोडाघोडी नगरपालिका ५ देउकलीमा बोक्सी आरोपमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीमाथि भएको कुटपिटको घटनाले नेपाली सभ्यतालाई नै लज्जित तुल्याएको भन्दै विद्यार्थी संगठनले गृहमन्त्रीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न आग्रह गरेका हुन्। सँगै विद्यार्थी नेतृत्वले पर्साको सुगौली पर्तेवामा आठ वर्षीया बालिकामाथि भएको बलात्कारमा संलग्नलाई समेत हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले अपराधीलाई सरकाले कुनै हालतमा नछोड्ने आश्वासन विद्यार्थी नेतृत्वलाई दिएको अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। ‘सरकारले यस्ता जघन्य पराधमा संलग्न जोकोहीलाई कुनै कसर नराखी कारबाही गर्छ’, बादलको भनाइ उद्धृत गर्दै बस्नेतले भने, ‘ढुक्क हुनुहोस् बालिकामाथि बर्बरतापूर्वक कुटपिट गर्ने र बलात्कार गर्नेलाई सरकारले कानुन अनुसार हदैसम्मको कारबाही गर्छ।’

नविना लामा, रञ्जीत तामाङ र नैनसिंह महरले गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्र जस्ताको तस्तै


मितिः २०७४/११/२६
माननीय गृहमन्त्री ज्यू,
गृह मन्त्रालय, नेपाल सरकार
सिंहदरवार, काठमाडौं

विषयः ज्ञापन पत्र

७ नंम्वर प्रदेश अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ स्थित देउकली भन्ने ठाउँमा बोक्सीको आरोपमा घटाइएको पासविक, वर्वर र जघन्य अपराधको घटना प्रति हामी तीन विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। कक्षा ११ मा अध्ययनरत २० वर्षिया वालिका राधा चौधरीलाई कथित बोक्सीको आरोप लगाउदै ६ घण्टासम्म लगातार कुटपिट गरेर मरणासन्न बनाएको घटनाले सिंगो नेपाली सभ्यतालाई नै लज्जित तुल्याएको छ। यसको केहिदिन अघिमात्र पर्साको सुगौलीपर्तेवामा आठ वर्षीया बालिकालाई बलत्कार गरिएको घटना सार्वजनिक भएको छ। यस खालका वर्वर घटना प्रति घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारवाही गरी पिडितलाई उचित न्याय र परिपुरणको प्रवन्ध मिलाउन जोडदार माग गर्दछौं।

माननीय गृह मन्त्री ज्यू, नेपाली समाजमा बलत्कार, घरेलु हिंसा र बोक्सीको आरोपमा महिलाहरुलाई दिइने चरम यातनाका घटनाहरु नयाँ होइनन्। महिला हिंसालाई प्रश्रय दिने छाउपडी प्रथा, दाइजो प्रथा जस्ता कुप्रथा अझै विधमान छन्। कानुनको खुकुलोपन र राज्यको दण्डहिनताका कारण वारम्वार यस्ता घटना दोहोरीने गरेका छन। तसर्थ, विद्यमान ऐनमा नै संशोधन गरी यस्ता अपराधीलाई हदै सम्मको कारवाहि गर्न पुनःश्च जोडदार माग गर्दछौं।


नविना लामा
अध्यक्ष
अनेरास्ववियु
रञ्जित तामाङ
अध्यक्ष
अखिल(क्रान्तिकारी)
नैनसिंह महर
अध्यक्ष
नेविसंघ


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.