रेशम चौधरी वीर अस्पतालमा

रेशम चौधरी वीर अस्पतालमा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशन लगत्तै कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई काठमाडौं ल्याइएको छ। धनगढीबाट युबद्ध एयरको उडानमा चौधरीलाई साँझ काठमाडौं ल्याइएको हो।

काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलका अनुसार चौधरीलाई एयरपोर्टबाट सिधैँ वीर अस्पतालमा लगिएको छ। २०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा मुख्य दोषी रहेको आरोप छ। टीकापुर घटनाका फरार अभियुक्त चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसअघि उनी भारत बस्दै आएका थिए।

आत्मसर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। थुनामा रहँदा चौधरीले अनसन सुरुगरेपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै गृहमन्त्री बादलले थप उपचारका लागि चौधरीलाई काठमाडौं ल्याउन शनिबार निर्देशन दिएका हुन्।

भारतमै रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी हुन्।

रेशम काठमाडौं उडे..


शिबराज भट्ट
धनगढी : कैलाली जिल्ला कारागारमा ७ दिनदेखी अनसनरत चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि, उनलाई थप उपचारका लागि लगिएको छ। शनिवार दिउँसो बेहोस भएर उपचारका लागि सेती अञ्चल अस्पताल पुगाईएका चौधरीलाई अस्पतालका डाक्टरले रेफर गरेका हुन्।

रेशमलाई शनिबार साँझ हवाई मार्ग भएर काठमाडौं लगिएको हो। एकजना प्रहरी नायव निरिक्षक र एकजना हवल्दारको सहयोगमा उनलाई शनिबार साँझ सवा ५ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

शुक्रवार पनि बेहोस भएपछि रेशमलाई सेती अञ्चल अस्पताल लगिएको थियो। तर, उनले शुक्रबार अस्पतालको सलाईन पनि नचढाउने र औषधि पनि नखाने बताएका थिए। उनले अस्पतालले दिएको औषधि नखाने भनेपछि उनलाई शुक्रबार कारागारमै लगिएको थियो।शनिबार उनको पिसावमा रगत देखा परेपछि उनलाई काठमाडौं रेफर गरिएको सेती अञ्चल अस्पतालका डाक्टर सन्तोष बिसीले बताए।

टीकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको शपथ खान पाउनुपर्नेलगायतका माग राखी रेशम चौधरीसहितका कैलाली कारागारमा रहेका २४ जना कैदीबन्दीले ७ दिनदेखि आमरण अनसन सुरु गरेका थिए।

यसअघि गृहमन्त्रालयमा, उनको प्रमाणपत्र पाउनुपर्ने माग सम्बोधन गर्ने भन्दै बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएपछि कारागारमा अनसनमा बसेका चौधरीले अनसन तोड्ने सोच बनाएका थिए। उनको अनसन तोड्न थारु अगुवा, राजपाका नेता कारागार पुगेका थिए।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहरासहिका सुरक्षा अधिकारी कारागार पुगेका थिए। ‘तर पछि गृहमन्त्री रामबहादुर थापाले उनलाई काठमाडौं नै पठाउन निर्देशन दिएपछि रेशमलाई काठमाडौं लगिएको छ’, उच्च सुरक्षा स्रोतले भन्यो।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगका सदस्यसहितका आयोगका प्रतिनिधिले रेशमसहितका अनसन बसेका कैदी बन्दीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको थियो। आयोगले विज्ञप्ति नै प्रकाशित गर्दै रेशमलाई प्रमाणपत्र दिएर उनको जीवन रक्षाको माग गरेको थियो।

रेशम चौधरीलाई काठमाडौं ल्याउन गृहमन्त्रीको निर्देशन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.