क्रियापुत्री भवनका लागि भागवत

क्रियापुत्री भवनका लागि भागवत

ललितपुर : क्रियापुत्री भवन निर्माण गर्न ललितपुर हात्तीवनस्थित शिव पाञ्चायन मन्दिर परिसरमा श्रीमद्भागवत सप्ताह सुरु भएको छ । ऐरावत टोल सुधार समिति, हात्तीवन सामुदायिक सेवा समाज र विश्वशान्ति अभियान नेपालको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको सप्ताह चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।

एक सय आठ भागवतका संकल्पकर्ता भागवत किंकर आचार्य मुरलीधर पोखरेलको संकल्पमा सप्ताह सुरु भएको हो । पहिलो दिन शनिबार कलश यात्रा गरिएको थियो ।

सप्ताह मूलसमितिका संयोजक मधुकर केसीले समस्त पितृहरुको उद्धारको भावना र विश्वशान्ति विश्वकल्याण कामनासहित थालिएको एक सय आठ भागवतका क्रममा क्रियापुत्री भवन र केही रकम भागवत विद्यालय निर्माणार्थ समेतका लागि सप्ताह लगाउने अवसर प्राप्त भएको बताए ।

समितिसदस्य नारायणी बञ्जाराका अनुसार, सप्ताहमा पितृ पूजन, विशिष्ट विद्धानबाट विशेष प्रवचन, मण्डप पूजनसमेत हुनेछ ।

सप्ताहमा राष्ट्रिय कलाकारहरुबाट भक्तिसंगीत प्रस्तुत हुनेछ । समितिका अर्का सदस्य किरण नेपालले भागवत कथाका माध्यमबाट आनन्द, सुख र आत्मिक शान्तिको प्रत्यक्ष अनुभव गर्न सबैलाई आह्वान गर्दै सप्ताहमा सहयोग गर्नेलाई विशेष सम्मान गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.