लालबाबुले हिटलरको चर्चा गरेपछि...

लालबाबुले हिटलरको चर्चा गरेपछि...

काठमाडौं : एसिया-प्रशान्त क्षेत्रीय शाकाहारी सम्मेलनमा प्रमुख अतिथि महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा र विशेष अतिथि जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले स्वास्थ्य र वातावरणीय प्रदूषण समस्या न्यून पार्न शाकाहारमा जोड दिए।

नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघद्वारा नेपाल पुलिस क्लबमा शनिबार आयोजित सम्मेलनमा दुवै मन्त्रीले मासुजन्य पदार्थका कारण संसारले वातावरणीय समस्या झेल्नु परेको धारणा राखे।

‘शाकाहारी जीवन पैसा र स्वास्थ्यका दृष्टिले उपयुक्त हो’, मन्त्री पण्डितले भने, ‘कतिपयले शाकाहारी शान्त स्वभावका हुन्छन् भने पनि जर्मनीका क्रुर शासक हिटलर शाकाहारी थिए अरे भन्ने मैले कतै पढेको थिएँ।’ उनको भनाइलगत्तै केही सहभागीले हिट्लर शाकाहारी नभएको र मन्त्री पण्डितले पढेको गलत रहेको भन्दै आपत्ति जनाए। मन्त्री पण्डितले आफूले कतै त्यसबारे पढेको र सोही तथ्य राखेको बताएर उम्किए।

मन्त्री थापाले भने हिंसा संस्कृतिको कारक मांसाहार भएको बताइन्। ‘पशुमाथि गरिने हिंसाले मानव हिंसा बढाएको छ, त्यसैले पशु हिंसा तत्काल अन्त्य गर्नु पर्छ’, २० वर्षदेखि शाकाहारी रहेकी उनले भनिन्, ‘शाकाहार अवलम्बन गर्न ढिलो भइसकेको छ।’ शाकाहारले हिंसा घट्ने र विश्वमा बढ्दो भोकमरीसमेत न्यून हुने उनको तर्क थियो। सम्मेलनको निष्कर्ष कार्यान्वयन गराउन आफू लागि पर्नेमा उनले आयोजकलाई आश्वस्त तुल्याइन्।

‘मासु नखाइकनै सगरमाथा र संसारकै बलियो’

दुईदिने सम्मेलनमा शाकाहारले जीवनमा पार्ने सकारात्मक प्रभावबारे छलफल भइरहेको छ। माछामासु मात्रै होइन, दहीदूध र घिउसमेत नखाने सगरमाथा आरोही भारतका कुन्तल जोइसरले दीर्घायु र शारीरिक रूमिा शक्तिशाली हुन माछामासु र दहीदूध खानु आवश्यक नरहेको बताए। उनले भने, ‘जर्मनीका प्याट्रिक बोबुमियान वनस्पतिजन्य भोजन मात्र गर्छन् तर उनी संसारकै सबैभन्दा बलियो मान्छेमा दरिएका छन्।’

अमेरिकी व्यापारी तथा भिगन अभियन्ता फिलिप निकोजाइसिसले कार्यपत्र पेस गर्दै वातावरण, अध्यात्म, करुणा र स्वस्थ्य जीवनका लागि शाकाहारी बनेर मात्र नपुग्ने बताए। ‘पूर्ण शाकाहारी (भिगन) खाना खाए क्यान्सर समेत जित्न सकिन्छ’, उनले भने, ‘आधुनिक चिकित्साका पिता हिप्पोक्रेटसले समेत भोजनलाई औषधि मान्नुको कारण यही हो।’

‘शाकाहारी मासु’

एउटा हलमा शाकाहारबारे प्रवचन, व्याख्या र कार्यपत्र प्रस्तुत भइरहँदा अर्को स्टलमा अनेक प्रकारका अनौठा शाकाहारी भोजन खाइन पाइन्छ। स्टलमा हेर्दा र खाँदा मासुजस्तै लाग्ने तर वनस्पतिबाट बनेका ‘शाकाहारी मासु’ समेत बिक्रीमा राखिएका छन्। मासुका लागि अनाज, फलफूल र तरकारीभन्दा कैयौं गुणा पानी र प्राकृतिक स्रोत चाहिने हुँदा विश्वको भोकमरी हटाउन पूर्ण शाकाहारी भोजन उपयुक्त रहेको तर्क वातावरणविद, प्रकृतिवादी, अध्यात्मवादी तथा पश्चिमा कलाकारहरूले बारम्बार गर्दै आएका छन्। मांसाहारका लागि पालिएका पशुका लागि विश्वमा उत्पादित अन्नको ७० प्रतिशतभन्दा बढी अन्न प्रयोग हुने विभिन्न वातावरणवादी संस्था दाबी गर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.