भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न : प्रधानमन्त्री ओली

भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘म प्रधानमन्त्री हुनका लागि भएको होइन । देशमा परिवर्तन ल्याउन भएको हुँ’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार गर्न म प्रधानमन्त्री भएको होइन, भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।’

ओलीले आफू शासक नभएर सेवक भएको बताएका छन् । उनले संसदसामू विश्वासको मत माग्दै यस्तो बताएका हुन् । ‘म दमनकारी शासक होइन, जनताको सेवक हुँ, सुशासन दिने सरकारको संरक्षक हुँ । एकताको अभियान्ता, विकासको अग्रणी, भ्रष्टाचार विरोधी, सदाचारको अभियान्ता हुँ’, प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै भने, ‘यो अभियानमा सक्रिय मलाई विश्वास नगरेर यो गरिमामय संसदको कुन हातले कतापट्टि हात देला !’

देश पछाडि परेको भन्दै ओलीले त्यसको परिवर्तनकै लागि आफूहरुले समाजवाद उन्मुख देशको परिकल्पना गरेको उल्लेख गरेका छन् ।

‘देशमा असाहाय र शारीरिक रुपमा अशक्तलाई हेरदेख गर्ने घोषणा चुनाव अघिको संयुक्त घोषणा पत्रमा सार्वजनिक गरिसकेका छौैँ’, ओलीले भने, ‘त्यसैले हामीले समाजवाद उन्मुख भनेका छौँ । अब यस्तो उर्भर देशमा भोकै पर्नु हुँदैन । केही वर्षभित्र नेपालमा कोही पनि गरिब हुनु हुँदैन । त्यसपछि मात्र हाम्रो राष्ट्रिय गौरव अनुभूति हुन्छ ।’

ओलीले हरेक नेपालीले विश्वका कुनाकुनामा पुग्दा सम्मानित भएर बाच्न पाउनुपर्ने काम गर्नेगरी प्रधानमन्त्री पदको जिम्मेवारी लिएको समेत उद्घोष गरे।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.