गच्छदार भन्छन्ः ओली सरकारको ‘वाच डग’ कांग्रेस

गच्छदार भन्छन्ः ओली सरकारको ‘वाच डग’ कांग्रेस

काठमाडौँः नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले गुण र दोषका आधारमा केपी ओली नेतृत्वको सरकारको समर्थन र विरोध गर्ने बताएका छन् ।

प्रम ओलीले विश्वासको मत लिन आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता गच्छदारले कम्तिमा सय दिनसम्म सरकारको काम हेर्ने बताएका छन् ।
‘सरकारले गरेको कामका आधारमा सहयोग र आलोचना गर्छौँ’, उनले भने, ‘लोकतन्त्रका लागि लामो संघर्ष गरेको व्यक्ति प्रम भएकाले अब देशले समृद्धिको बाटो पक्रिन्छ ।’

नेता गच्छदारले देशको राजनीतिले धेरै उतारचढाव पार गरेको बताउँदै अब जनतासँग गरेका बाचा पुरा गर्ने समय आएको पनि बताए । ‘फेरि पनि देशमा राजनीतिक अस्थिरता नआओस्, ओलीले जनतासँग गरेका बाचा पुरा गर्नुपर्छ’, उनले भने, ‘लोकतन्त्रमाथि कतैबाट प्रहार नहोस, पार्टीको स्वार्थ भन्दा माथि उठेर राष्ट्र निर्माणमा जुटौँ ।’

गच्छारले सरकारको समर्थन भन्दा कांग्रेसले प्रतिपक्षमा बसेर ‘वाच डग’ को भूमिका खेल्ने बताए । ‘कांग्रेसले वाच डगको भूमिका खेल्छ’, गच्छदारले भने, ‘मिलेर देश निर्माण गरौँ भन्ने कुरा हो । हामी ६ महिनादेखि वर्ष दिनसम्म सरकारको काम हेर्छौँ, ओलीको हनिमुन अवधि कस्तो हुन्छ, त्यसका आधारमा कदम चाल्छौँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.