हङकङबिरुद्ध बसन्तले दिए नेपाललाई पहिलो सफलता

हङकङबिरुद्ध बसन्तले दिए नेपाललाई पहिलो सफलता

काठमाडौं : जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा सोमबार भइरहेको खेलमा नेपालका लागि बसन्त रेग्मीले हङकङको पहिलो विकेट लिएका छन् ।

हङकङले टस जितेर पहिले ब्‍याटिङमा जाने निर्णय गरेपछि बलिङको निम्तो पाएको नेपालका लागि बसन्तले छैटौँ ओभरमा विकेट लिएका हुन् । उनले हङकङका कार्टरलाई २१ बलमा ९ रन बनाएको अवस्थामा पहिलो विकेटका रुपमा पेभेलियन पठाएका हुन् ।

ताजा अवस्थामा हङकङ ७ ओभरको सामना गर्दै १ विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ । नेपालले नेपालले सुपर सिक्स चरणमा पुगेर विश्वकपममा स्थान बनाउन हङकङलाई ठुलो अन्तरले हराउनुपर्ने बाध्यता छ ।

समूहगत चरणका अघिल्ला तीन खेलमा नेपालले लगातार हार खेपेको छ । हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.