प्रधानमन्त्री ओलीद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा जहाज दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँः प्रधानमन्त्री केपीशर्मा ओलीले बंगलादेशको राजधानी ढाकाबाट काठमाडौँ आएको युएस– बंगलाको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएकोमा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक शोक वक्तव्य जारी गरेरदु र्घटनामा मृत्यू भएका हरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

वक्तव्यमा प्रधानमन्त्री ओलीले ठुलो मानवीय क्षति हुने गरी भएको यस अकल्पनीय दुर्घटना तथा हृदयविदारक दुर्घटनामा ज्यान गुमाएका नेपाली तथा बंगालादेशीलगायत सबैमा श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले वक्तव्यमा भनेका छन्, ‘यस त्रासदीपूर्ण दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गरेको छ । यस प्रकृतिका घटना दोहोरिन नदिने उपाय खोजिनेछ ।’

प्रधानमन्त्री ओलीले वक्तव्यमा उद्धारमा परिचालन भएका नेपाली सेनालगायत सबै सुरक्षानिकाय, एम्बूलेन्स, दमकल, नागरिक उड्ययन, राष्ट्र सेवक कर्मचारी र घाइतेको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई पनि धन्यवाद दिएका छन् ।

घटनाको जानकारी पाउने वित्तिकै प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिएका छन् । उनले सरोकारवालाहरुलाई घाइतेको उद्धार तथा उपचारमा कुनै कमी आउन नदिन निर्देशन पनि दिएका छन्

प्रधानमन्त्री ओलीले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गराइरहेका दुर्घटनाका घाइतेको स्वास्थ्यस्थिति जानकारी लिनुका साथै आफन्तहरुलाई शान्तवना दिएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनावाजेजलाई टेलिफोन सम्पर्क गरी जहाज र्दुघटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधामन्त्री ओलीले दुर्घटनाबाट भएको मानवीय र भौतिक क्षतिप्रति आफू दुःखी भएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.