घोडाघोडीका मेयरको कम्मर र खुट्टामा दुई गोली, उपचारका लागि नेपालगन्ज लगियो

घोडाघोडीका मेयरको कम्मर र खुट्टामा दुई गोली, उपचारका लागि नेपालगन्ज लगियो

धनगढीः घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि उनको घर भित्रै पसेर गोली हानिएको छ । करिब १० जनाको समूहमा सोमबार साँझ आएकाहरुले मेयर चौधरीमाथि सुख्खडस्थित घरैमा उनको घरभित्रै छिरेर गोली हानेको हो ।

त्यो समूहकामध्ये चौधरीको घरमा छिरेका तीनजनामा दुईजनाले आक्रमण गरेका हुन् । घर भित्र बसिरहेका चौधरीमाथि एकले खुकुरी हाने भने अर्काले गोली प्रहार गरे ।

चौधरीको टाउकोमा खुकुरी हानिएको छ भने गोली खुट्टा र कम्मरमा लागेको छ । आक्रमणबाट घाइते भएका चौधरीलाई अहिले घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार चौधरीको कम्मर र खुट्टामा दुईवटा गोली लागेको छ ।

घोडाघोडी अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

मेयरमाथि गोली हानिएपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरे घटनास्थलमा पुगिसेका छन् । घोडाघोडी धनगढीबाट करिब ५० किलोमिटरको दुरीमा रहेको छ ।

केही दिनअघि घोडाघोडी–५ की राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट हुदा पीडकहरुलाई संरक्षण दिएको आरोप चौधरीमाथि लागेको थियो । त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.