६३ वर्षमा ६ सयको मृत्यु

६३ वर्षमा ६ सयको मृत्यु

काठमाडौं : नेपालमा पहिलो अन्तर्राष्ट्रिय जहाज दुर्घटना सन् १९५५ मा सिमरामा भएको थियो। कालिंगा एयरको विमान दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए। त्यसपछि सन् १९५६ र सन् १९५८ मा भारतीय एयरलाइन्सका दुई जहाज दुर्घटनामा परेका थिए। दुर्घटनामा ३४ जनाको ज्यान गएको थियो।

सन् १९७३ अक्टोबर ६ मा नेपालमा पहिलोपटक विमान दुर्घटना भएको थियो। नेपाल वायुसेवा निगमको क्यानडामा निर्मित डीएचसी सिक्स ट्वीनअटर थ्री हन्ड्रेड नाइन नाइन एन एबीजी लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन यात्रु र चालक दलका तीन सदस्य घाइते भएका थिए। त्यसमा कसैको ज्यानै भने गएन।

सन् १९९१ जुन ९ तारिखमा वायु सेवा निगमकै काठमाडौंबाट लुक्लाका लागि उडेको विमान दुर्घटना भएको थियो। क्यानडामा बनेको डीएचसी सिक्स ट्वीनअटर थ्री हन्ड्रेड नाइन एन एबीए खराब मौसमका कारण दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा १४ यात्रु र तीन चालक दल सदस्यसहित १७ जनाको मृत्यु भएको थियो।

३१ जुलाई १९९२ मा थाई एयरलाइन्सको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको थियो। थाई एयर बसको ३०४ नम्बरको उक्त विमान काठमाडौं अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। यो पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना भयो। थाई एयरलाइन्सको विमान दुर्घटनाको दुई महिना नबित्दै २८ सेप्टेम्बर १९९२ मा अर्को ठूलो दुर्घटना भएको थियो। पाकिस्तान एयरलाइन्सको उक्त विमान दुर्घटनामा एक सय ६७ जनाको ज्यान गएको थियो। ए थ्री हन्ड्रेड एयर बस पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको थियो। यो दुर्घटनामा अहिलेसम्मकै सबैभन्दा बढी यात्रुको मृत्यु भएको हो।

सन् १९९५ जनवरी १७ मा नेपाल वायु सेवा निगमको डीएचसी सिक्स ट्वीनअटर थ्री हन्ड्रेड नाइन एचएवीआई विमान काठमाडौंबाट रुम्जाटार जाने क्रममा धावनमार्गमा रहेको खराबीका कारण दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा सवार २१ यात्रु र चालक दलका तीन सदस्यमध्ये एक जना चालक दलका सदस्य र एक यात्रुको मृत्यु भएको थियो।

सेप्टेम्बर ५, १९९९ मा नेकोन एयरको बीएई ७४८ सुपर टु बी (नाइन एन एईजी) विमान पोखराबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो। दुर्घटनामा चालक दलका ५ सहित १५ जनाको ज्यान गयो। नेपाल टेलिकमको टावरमा ठोक्किएर विमान दुर्घटना भएको थियो।

२५ मे २००४ मा काठमाडौंबाट लुक्ला जाने क्रममा दुर्घटना भएको थियो। यती एयरलाइन्सको डीएचसी सिक्स थ्री हन्ड्रेड नाइन एनएफडी ट्वीनअटर विमान खराब मौसमका कारण लुक्ला विमानस्थलनजिकै लाम्जुरा पहाडमा ठोक्किएर दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा चालक दलका तीन सदस्यको मृत्यु भएको थियो।

२००४ अक्टोबर १ मा अर्को विमान दुर्घटना भयो। सीता एयरवेजको डोर्नियर २२८ विमान लुक्ला विमानस्थलमा अवतरणक्रममा दुर्घटना भएको थियो। विमानको अघिल्लो गियर फसेका कारण दुर्घटना भएपछि दुई दिनसम्म धावनमार्ग नै अवरुद्ध बन्न पुगेको थियो।

२००५ जुन ३० मा गोरखा एयरलाइन्सको डोर्नियर २२८ विमान लुक्ला विमानस्थलको धावनमार्गमा धसिएर दुर्घटना हुँदा चालक दलका तीनसहित नौ जना घाइते भए।

२००८ अक्टोबर ८ मा यती एयरलाइन्सको विमान दुर्घटना भयो। अवतरण क्रममा आगलागी भएपछि विमानमा सवार १८ जनाको मृत्यु भयो भने चालकलाई सकुशल उद्धार गरिएको थियो।

२००८ डिसेम्बर २८ मा नेपाल वायु सेवा निगमको ट्वीनअटर डीएचसी सिजी ३०९ एनएबीएम विमान उडान भर्ने क्रममा दुर्घटनामा परेको थियो।२०१० अगस्ट २४ मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा विमानमा सवार १४ जनाको ज्यान गयो।

२०१० को डिसेम्बर १६ मा लामिडाँडाबाट काठमाडौं आउँदै गरेको तारा एयरको विमान दुर्घटना भयो। ओखलढुंगाको श्रीचौर, मानेडाँडामा ठोक्किएर दुर्घटना हुँदा २२ भुटानी नागरिकले ज्यान गुमाएका थिए।२०११ सेप्टेम्बर २५ मा ललितपुरको विशंखुनारायणमा बुद्ध एयरको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाले ज्यान गुमाए।

२०१२ मे १४ मा अग्नि एयरको डोर्नियर विमान जोमसोमबाट पोखरा आउने क्रममा विमानस्थलनजिकैको डाँडामा ठोक्किएर दुर्घटनामा पर्‍यो। त्यसमा चालक दलका तीन सदस्यसहित सबै १६ यात्रुको ज्यान गयो।

२८ सेम्टेम्बर २०१२ मा सीता एयरको नाइन एनएएचए डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट सोलुको लुक्ला उड्ने क्रममा मध्यपुर ठिमीको मनोहरा किनारमा खस्दा विमानमा रहेका सबै १९ जनाको मृत्यु भयो।

२०१३ मे १३ मा वायुसेवा निगमको ९ एनएबीओ विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा ६ जना घाइते भए।

२०१४ मा काठमाडौंबाट जुम्लाका लागि उडेको वायु सेवा निगमको ९ एनएबीबी ट्वीनअटर विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भयो। दुर्घटनामा चालक दलका तीन सदस्यसहित १८ जनाको ज्यान गयो।

२०१५ मार्च १५ तारिखमा २ सय २७ यात्रु र चालक दलका ११ जनासहित २ सय ३८ जना सवार टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भयो। दुर्घटनामा जहाजमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका थिए।

२०१६ फेब्रुअरी २४ तारिखमा तारा एयरको विमान दुर्घटना हुँदा २३ जनाको ज्यान गयो। पोखराबाट जोमसोमका लागि उडेको यो विमान म्याग्दीको जंगलमा खसेको थियो।

२०१६ फेब्रुअरी २६ मा कालिकोटमा भएको एयर काष्ठमण्डपको विमान दुर्घटनामा दुई चालक दलका सदस्यको मृत्यु भयो। नेपालगन्जबाट जुम्लाका उडेको विमान कालिकोटमा दुर्घटना हुँदा यात्रु भने सकुशल थिए।

२०१७ नोभेम्बर १९ मा हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना भयो। सिमकोट विमानस्थलबाट सुर्खेतका लागि उड्न लागेको तारा एयरको ट्वीनअटर ९ एएनएबीएम विमान धावनमार्गमा गुड्ने क्रममा बायाँतर्फको टायर पन्चर भएर दुर्घटना भएको हो। बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा विमानमा रहेका १३ यात्रु र चालक दलका सबै सदस्य सकुशल थिए।

२०१८ मार्च १२ मा त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना हुँदा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। विमान दुर्घटनाको ४४ वर्षको इतिहासमा प्रत्येक वर्षजसो दुर्घटना भएकै छ। यस अवधिमा झन्डै पाँच सय जनाको ज्यान गएको छ। दुईवटा दुर्घटनामा मात्रै सय जनाभन्दा बढीको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.