पशुपति भिजनमा गोली चलेपछि गणेश लामा पक्राउ

पशुपति भिजनमा गोली चलेपछि गणेश लामा पक्राउ

काठमाडौं" राजधानीको गौशालामा रहेको पशुपति भिजनमा होटल गोली चलेपछि गणेश लामा पक्राउ परेका छन् ।

गोली चलेपछि होटलमा पुगेको महानगरीय प्रहरी वृत गौशालाको टोलीले लामालाई पक्राउ गरेको हो । लामालार्इ एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमु्ख एसएसपी विश्वराज पोखरेलले लामालार्इ हतियारसहित पक्राउ गरिएको पुष्टि गरे । पशुपति भिजन होटलमा गोली चले पनि कोही घाइते भने भएका छैनन् ।

पक्राउ परेका लामाले प्रहरीसँगको बयानका क्रममा होटलमा पसेका दुर्इ युवाले आफूलाई दुई गोली हानेर फरार भएको जनाएका छन् ।

होटलमा गोली चलेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलसहितको टोली पुगेको थियो। पोखरेलले कसैलार्इ गोली नलागेको जनाउँदै लामालार्इ पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।

यसअघि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका लामा गच्छदारसँगै कांग्रेसमा फर्केका थिए । उनी गच्छदार कांग्रेसमा फर्किँदा तत्कालीन प्रधानमन्न्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बालुवाटार पसेका थिए ।

गच्छदारसँगै बालुवाटार छिरेका लामा अहिले कांग्रेसमा सक्रिय छन् । लामा गत प्रदेश-प्रतिनिधि सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं. १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उठेका थिए । तर उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित हुन बाध्य भएका थिए ।

विभिन्न निर्माण काममा पनि हात हालेका लामाविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा प्रहरीले मुद्दा चलाएको थियो । उनीविरूद्ध सम्पत्ती शुद्धिकरण मुद्दा पनि चलाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.