चीन–भारत सीमामा सशस्त्रको कडाइ

चीन–भारत सीमामा सशस्त्रको कडाइ

 काठमाडौं : भारत र चीनसँग जोडिएका सीमाबाट हुने मानव तस्करी, लागूऔषध ओसारपसार, सुन तस्करीलगायत अवैध गतिविधिलाई निरुत्साहित गर्न सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई थप बलियो बनाउने तयारी गरेको छ।

सशस्त्रले दरबन्दी र सांगठनिक संरचनामा केही परिवर्तन गरी सीमा सुरक्षालाई बलियो बनाउने गृहकार्य अघि बढाएको छ। जसअनुसार सशस्त्र मुख्यालयले केन्द्रीय तहदेखि बोर्डर आउट पोस्ट (बीओपी) सम्मलाई अधिकारसम्पन्न बनाउन लागेको हो। भारततर्फको सिमानामा ८७ वटा बीओपी छन् भने रसुवा, दार्चुला र मुस्ताङमा चीनतर्फको सीमामा तीनवटा सशस्त्र गुल्म छन्। सशस्त्रले सीमा सुरक्षा मजबुत गर्न भारत र चीनसँग जोडिएका जिल्लामा सकेसम्म धेरै बीओपी र सुरक्षा गुल्म स्थापना गर्ने तयारीसमेत गरेको छ।

सशस्त्र मुख्यालयले सीमा सुरक्षाको कार्यालय र उसको जिम्मेवारीलाई बलियो बनाउन भन्दै सीमा सुरक्षाको संरचना नै परिवर्तन गर्न प्रस्ताव गरेको हो। सशस्त्रले कार्यालय र दरबन्दीको हालको संरचनामा परिवर्तन ल्याउन प्रस्ताव तयार पारी अध्ययनका लागि आफ्ना विभिन्न निकायलाई दिइसकेको छ। सशस्त्र मुख्यालयले गृह मन्त्रालयबाट स्वीकृत पाउनासाथ कार्यान्वयनमा ल्याउने जनाएको छ।

सशस्त्रले सीमा सुरक्षा विभाग र कार्य विभाग गाभेर कार्य तथा सीमा सुरक्षा विभाग बनाउने प्रस्ताव गरेको छ। सशस्त्रले बाहिनीहरूले समेत गण र बीओपीको निगरानी गर्ने छ। एआईजीले नेतृत्व गर्ने कार्य तथा सीमा सुरक्षा विभागको मातहतमा डीआईजीले नेतृत्व गर्ने सीमा सुरक्षा निर्देशनालय बनाउने तयारी गरेको हो। एआईजी प्रेमबहादुर शाहीको संयोजकत्वमा गठित सशस्त्रको कार्यालय र दरबन्दी पुनःसंरचना अध्ययन गर्न बनेको समितिले यस्तो प्रस्ताव गरेको हो।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी बाबुराम पाण्डेले सशस्त्र कार्यालय र दरबन्दी पुनःसंरचना गर्नेबारे अध्ययन भइरहेको बताए। ‘सीमा सुरक्षालाई थप बलियो बनाउने गरी पुनःसंरचनाको गृहकार्य अघि बढेको हो’, सशस्त्र प्रवक्ता पाण्डेले भने, ‘बीओपीलाई थप मजबुत बनाई चेन अफ कमान्डमा ल्याउन पुनःसंरचना गर्ने तयारी गरेका हो।’

 सशस्त्रले दरबन्दी र सांगठनिक संरचनामा केही परिवर्तन गरी सीमा सुरक्षालाई बलियो बनाउने गृहकार्य अघि बढाएको छ।

अहिले भएको सीमा सुरक्षा कार्यालयलाई सीमा सुरक्षा गणमा परिवर्तन गर्ने र बोर्डर आउट पोस्ट (बीओपी) लाई सीमा सुरक्षा गणको चेन अफ कमान्डमा राखिनेछ। उक्त गणको एसपी र बीओपीको इन्स्पेक्टरले कमान्ड गर्ने छन्। सशस्त्र मुख्यालयले तयारी गरेअनुसार कार्य तथा सीमा सुरक्षा विभागको मातहतमा २१ वटा सीमा सुरक्षा गण रहनेछन् भने गणको मातहत ८७ वटा बीओपी हुनेछन्।

सशस्त्र मुख्यालयले गणको प्रत्यक्ष कमान्डमा हुने भएकाले बीओपीहरू थप जिम्मेवार रहने जनाएको छ। सीमा सुरक्षा हेर्ने गरी प्रदेशमा समेत बेग्लै सशस्त्र प्रहरीको कार्यालय स्थापना गर्नेबारे समेत गृह मन्त्रालयमा छलफल भइरहेको स्रोतले बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.